केन्द्रिय मन्त्री प्रल्हाद जोशी आधिकारिक भ्रमणमा सिक्किम आइपुगे
केन्द्रिय मन्त्री जोशी रम्फूमा।


पाकिम, 27 दिसम्बर (हि.स.)। भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद जोशी सिक्किम आइपुगेका छन्। उनी आज, २७ दिसम्बरदेखि शुरु भइरहेको आधिकारिक भ्रमणका लागि सिक्किम आएका हुन्।

केन्द्रिय मन्त्री जोशीलाई सिक्किमको प्रवेशद्वार रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा राज्य गृह विभागका संयुक्त सचिव (प्रोटोकल) प्रणीत प्रधान तथा खाद्य एवं नागरिक आपूर्ति विभागका अधिकारीहरूले स्वागत गरे। जोशीको सिक्किममा विभिन्न कार्यक्रमहरू प्रस्तावित छन्।

यस अघि केन्द्रिय मन्त्री जोशीलाई बागडोग्रा हवाई अड्डा (पश्चिम बंगाल) मा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande