सुन व्यवसायीको हत्या मामिलाः राजगञ्ज बीडीओविरूद्ध पक्राउ वारन्ट जारी
सुन व्यवसायीको हत्या मामिलाः राजगञ्ज बीडीओविरूद्ध पक्राउ वारन्ट जारी


कोलकाता, 27 दिसम्बर (हि.स.)। सुन व्यापारी स्वपन कामिल्या हत्याकाण्डमा अदालतले राजगञ्जका बीडीओ प्रशान्त बर्मनविरूद्ध पक्राउ वारन्ट जारी गरेको छ। यो वारन्ट बिधाननगरको अदालतले त्यसबेला जारी गरेको हो जतिबेला बीडीओले कलकत्ता उच्च अदालतको आत्मसमर्पण गर्ने आदेशलाई पालन गरेनन्।

अदालतलाई बताइयो, कलकत्ता उच्च अदालतले प्रशान्त बर्मनलाई 27 घण्टाभित्रमा तल्लो अदालतमा आत्मसमर्पण गर्ने निर्देश दिएको थियो।यो समय-सीमा 25 दिसम्बरमा समाप्त भइसकेको छ। तथापि बीडीओले न त आत्मसमर्पण गरे न अदालत सामु पेश भए।

त्यसपछि बिधाननगर पुलिस कमिश्नरेटको पक्षबाट अदालतमा अपील दर्ता गरी पक्राउ वारन्ट जारी गर्ने माग गरियो। गए शुक्रवार राती अदालतले यस अपीललाई स्वीकार गर्दै बीडीओविरूद्ध वारन्ट जारी गऱ्यो।

मामिला गत 28 अक्टोबरको हो जतिबेला सुन व्यापारी स्वपन कामिल्याको न्यू टाउनस्थित एउटा फ्ल्याटमा हत्या गरिएको थियो। 29 अक्टोबरको बिहान उनको शव न्यू टाउनको एक सुनसान क्षेत्रस्थित नहरमा भेटिएको थियो। शवमा 32 वटा बाहिरी चोटको निशान पाइएको थियो। पुलिस अनुसार व्यापारीको पहिला हत्या गरियो अनि शवलाई तह लगाउनको लागि नहरमा फालियो।

यस हत्याकाण्डमा अहिलेसम्ममा पाँचजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। पुलिसानुसार पक्रा पर्ने आरोपीहरूले जाँचमा सहयोग गरिरहेका छन्। पुलिस अब बीडीओको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande