द्वितीय हुगली सेतुमा कन्टेनर लादिएको ट्रक पल्टियो, ठूलो दुर्घटना हुनदेखि बच्यो
द्वितीय हुगली सेतुमा कन्टेनर लादिएको ट्रक पल्टियो, ठूलो दुर्घटना हुनदेखि बच्यो


कोलकाता, 27 दिसम्बर (हि.स.)। दोस्रो हुगली पुलमा शनिवार बिहान एउटा ठूलो दुर्घटना हुँदा-हुँदै टरेर गयो। हावड़ादेखि कोलकाता तर्फ गइरहेको कन्टेनर लादिएको एउटा ट्रक अचानक अनियन्त्रित भएर पुल बीचलो डिभाइडरसित ठोक्कियो। ठक्कर भयानक थियो जसले गर्दा ट्रकमा रहेका कन्टेनरहरू उछिटिएर पलमा झऱ्यो अनि डिभाइडरबीच फस्यो। तथापि यस दुर्घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन। चालक र खलासी भाग्यले बचे।

पुलिस सूत्र अनुसार ट्रक द्रूत गतिमा कोलकाता तर्फ गइरहेको थियो। यसै क्रममा चालकले नियन्त्रण गुमायो फलस्वरूप ट्रको सोझै गएर डिभाइजरसित ठोक्कियो। दुर्घटनापछि पुलमा कोकोहोलो मचियो। केही समयसम्म यातायात प्रभावित भयो।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि तुरून्तै राहत एवं बचाउ कार्य शुरू गऱ्यो। चालक र खलासी सुरक्षित रूपमा बाहिर निक्ले। पुलिसले क्रेनको सहयोगमा कन्टेनरलाई हटाउने प्रक्रिया शुरू गऱ्यो, त्यसपछि बिस्तारै स्थिति सामान्य भयो।

पुलिसको भनाइ छ, कन्टेनर डिभाइडरबीच फसेको कारणले पुलको बाँकी लेनलाई सुचारू राख्नमा बढ़ी समस्या भएन। साथै शनिवार बिहान भएको कारणले वाहनहरूको संख्या कम थियो जसबाट ठूलो दुर्घटना हुनदेखि बच्यो। केही समयमै पुलमा पुनः सामान्य रूपमा वाहनहरूको ओहोर-दोहोर शुरू भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande