दिल्लीमा अन्तर्राज्यीय वाहन चोर गिरोहको भण्डाफोर, आरोपी पक्राउ
दिल्लीमा अन्तर्राज्यीय वाहन चोर गिरोहको भण्डाफोर, आरोपी पक्राउ


नयाँ दिल्ली, 27 दिसम्बर (हि.स.)। दिल्लीको शाहदरा जिल्लाको वाहन चोरी निरोधक दल (एएटीएस)-ले अन्तर्राज्यीय अटो-लिफ्टर गिरोहको एकजना चतुर अपराधीलाई पक्राउ गरी आरोपीको कब्जाबाट चार वटा चोरीको कार जफत गरेको छ। आरोपीको पहिचान मेरठ निवासी काम्याब (50)- को रूपमा भएको छ। आरोपी पहिला पनि धेरै वटा मामिलाहरूमा जेल गइसकेको छ।

शाहदराका पुलिस उपायुक्त प्रशान्त गौतमले शनिवार बताए, हिजोआज शाहदरामा भइरहेका कार चोरीका घटनाहरूलाई गम्भीर रूपमा लिँदै एएटीएसको टीमलाई सक्रिय बनाइएको थियो। सीसीटीभी फुटेज र स्थानीय एवं गुप्त सूचनाको आधारमा संदिग्धहरूलाई चिन्हित गरिँदैथ्यो। यसै क्रममा पुलिस टीमलाई सूचना प्राप्त भयो, एकजना चतुर चोर चोरीको शेवरले बिट कार मार्फत ताहिरपुर चौक हुँदै दिलशाद गार्डन तर्फ आउनेवाला छ। सूचनालाई पुख्ता गरी पुलिस टीमले उक्त स्थानमा धराप थाप्यो अनि आरोपीलाई काम्याबबाट समात्यो। उसको कब्जाबाट चोरेको शेवरले बिट कारलाई पनि जफत गरियो।

पुलिसको जाँचबुझमा आरोपीले स्वीकार गऱ्यो, उसले दिल्ली-एनसीआरमा कार चोरेर त्यसको नम्बर प्लेट परिवर्तन गरी अन्य जिल्लाहरूमा बेच्थ्यो। उसैले बताए अनुरूप पुलिसले थप तीन वटा चोरेको कारलाई जफत गऱ्यो जसमा दुई वटा मारूति ब्रेजा र एउटा मारूति बलेनो सामेल छ। यी सबै वाहनहरू दिल्लीका विभिन्न थानाहरूमा दर्ता चोरीको मामिलासित सम्बन्धित पाइएको छ। आरोपीले यो पनि बतायो, आफ्ना साथीहरू क्रमैले माजिद र ताजूसित मिलेर घटनाहरूलाई परिणाम दिँदै आइरहेको थियो। गिरोहले चोरेका वाहनहरूलाई सहारनपुर, संभल, मेरठ औ राजस्थानको जोधपुरमा बेच्थ्यो। पुलिसले अब भगौड़ासाथीहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande