
जम्मू, 27 दिसम्बर (हि.स.)। केन्द्र एवं उमर अब्दुल्ला सरकारको सयुंक्त प्रयासहरूबाटै श्री माता वैष्णो देवी मैडिकल कलेज विवादको स्थायी हल सम्भव छ, यो भनाइ हो शिवसेना (यूबीटी) जम्मू-कश्मीर एकाईका प्रमुख मनीष साहनीको।
पार्टी प्रदेश अध्यक्ष मनीष साहनीले जम्मूको इन्दिरा चौकमा पत्रकारहरूसितको विशेष बातचितमा भने, श्री माता वैष्णो देवी मैडिकल कलेज विवाद धार्मिक आस्थासित जोड़िएको अति संवेदनशील मुद्दा हो। हामीले समाचारहरूको हेडलाइन होइन विवादको स्थायी समाधान गर्नुपर्छ।
उनले भने, फेरि एकपटक जम्मू आन्दोलनको मार्गमा धकेलिएको छ। आज पर्दा पछाड़ि बसेर आन्दोलनको झिल्को सल्काउनेहरू नै यस विवादको निम्ति केही हदसम्म जिम्मेवार छन्। वर्ष 2019-मा जम्मू-कश्मीरबाट 370, 35 एलाई रद्द गरिएको थियो। त्यसबेला पनि श्री माता वैष्णो देवी विश्वविद्यालय अधिनियममा हिन्दुहरूको प्राथमिकतालाई लिएर संसोधन गर्नमा कुनै रूचि देखाइएन। श्राइन बोर्ड गठन हुँदा पनि भाजपा नेताहरू विधानसभामा मौन धारण गरेर बसे।
साहनीले भने, विश्वविद्यालय अधिनियममा तत्काल संसोधन एवं जम्मू-कश्मीरमा हिन्दुहरूलाई अलपसंख्यक समुदायको दर्जा दिनु नै एकमात्र स्थायी हल हो। साहनीले जम्मू-कश्मीरका उपराज्यपालसित तत्काल हस्तक्षेप एवं आफ्नो संवैधानिक अधिकार (अनुच्छेद 174) अन्तर्गत विधआनसभा सत्र डाक्ने निर्देश जारी गर्ने तथा भाजपाका तमाम विधायकहरूसित विश्वविद्यालयलाई हिन्दू दर्जा अनि अधिनियममा संशोधनको प्रस्ताव पारित गर्ने दबाव दिनुपर्ने माग समेत गरेका छन्। यसको साथै केन्द्र सरकारसित जम्मू-कश्मीरमा अल्पसंख्यक आयोग गठन गरी हिन्दुहरूलाई अलपसंख्यकको दर्जा दिनुपर्ने माग पनि गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा