
सिलगढ़ी, 27 दिसम्बर (हि.स)। सिलगढ़ीको ईस्टर्न बाइपासमा फेरि एकटपक ठूलो दुर्घटना भयो जसमा दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने एकजना युवक गम्भीर रूपमा घाइते भए। मृतकहरूको पहिचान पंकज सरकार र शिवराज दासको रूपमा भएको छ जबकि घाइते युवकको नाम रोहित बर्मन हो। तीनैजना युवकहरू हैदरपाड़ा र शिवरामपल्ली निवासी रहेको बताइएको छ।
जानकारी अनुसार गए शुक्रवार राती तीनजना युवकहरू एउटा स्कुटीमा सवार भएर गइरहेका थिए। आशिघर मोड़ पार गर्दै गर्दा अचानक स्कुटी अनियन्त्रित भएर तीनैजना सड़कमा लड़े। त्यसै अवधि पछाड़िबाट आइरहेको एउटा लरीको चपेटमा परेर दुईजना युवकहरूको भयावह मृत्यु भयो।
गम्भीर रूपमा घाइते रोहितलाई स्थानीय मानिसहरू तथा पुलिसको सहयोगमा सिलगढ़ी जिल्ला अस्पतालमा भर्ती गरिएको छ जहाँ उसको अवस्था सोचनीय रहेको बताइएको छ। घटनाको सूचना पाउनसाथ आशिघर फाड़ी, भक्तिनगर थाना तथा आशिघर सब-ट्राफिक गार्डका पुलिसकर्मीहरू घटनास्थलमा पुगे। शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।
उल्लेखनीय छ, केही दिनअघि पनि यसै क्षेत्रमा एकजना स्कूले छात्रको सड़क दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि ट्राफिक पुलिसले विशेष निगरानी तथा जागरूकता अभियान शुरू गरेको थियो, तथापि दुर्घटनाहरू हुन छाड़ेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा