
कोलकाता, 27 दिसम्बर (हि.स.)। राज्यमा जाड़ोले फेरि एकपटक आफ्नो प्रभाव देखाएको छ। क्रिसमसपछि अब जाड़ोको प्रकोप तीव्र भएको छ। गए शुक्रवार बिहान कोलकाताको न्यूनतम तापमान घटेर 12 डिग्री लगभग पुगेको थियो। यसपूर्व बिहीवार तापमान 13 डिग्री दर्ता गरिएको थियो अर्थात एक दिनमै जाड़ोले नयाँ रेकर्ड बनायो।
कोलकाता मात्र नभएर सारा पश्चिम बंगालमै जाड़ोको प्रभाव स्पष्ट रूपमा देखिँदैछ। पस्चिमी विक्षोभ हट्नसाथ उत्तर दिशाबाट चिसो हावा सोझै राज्यमा प्रवेश गरिरहेको छ जसको परिणामस्वरूप पहाड़ी क्षेत्रको सट्टा मैदानी क्षेत्रमा अधिक जाड़ो भइरहेको छ। शुक्रवार बीरभूम जिल्लाको श्रीनिकेतनको तापक्रम घटेर 8 डिग्री दर्ता गरियो जसबाट राज्यको पार्वतीय क्षेत्र कालेबुङ पनि पछा पऱ्यो।
अलिपुर मौसम विभाग अनुसार शनिवार अलिपुरमा न्यूनतम तापमान 12.9 डिग्री दर्ता गरियो जुन सामान्यभन्दा 1.6 डिग्री कम हो। शुक्रवार अधिकतम तापमान 21.2 डिग्री मात्र थियो जुन सामान्यभन्दा 4.4 डिग्री कम हो। त्यसैले दिनभरि जाड़ो महसूस भयो। दमदममा न्यूनतम तापमान अलिपुरभन्दा कम, 12.2 डिग्री रिकर्ड गरियो।
मौसम विभागले बताएको छ, शनिवार आकाश सफा रहनेछ। बिहान हल्कादेखि मध्यम कुहिरो लाग्नेछ। आगामी दुई दिनमा राती तापमान 1-2 डिग्री अझ घट्ने सम्भावना छ। त्यसपछि तेस्रो दिनसम्म तापमानमा कुनै ठूलो परिवर्तन हुने आशाछैन।
उत्तर बंगालमा आगामी सात दिनसम्म तापमानमा विशेष परिवर्तन हुने कुनै सम्भावना छैन। जाड़ोको मामिलामा दार्जीलिङ सबैभन्दा अग्र पंक्तिमा छ जहाँ शनिवार न्यूनतम तापमान 5.4 डिग्री दर्ता गरियो जबकि अलिपुरद्वार र बीरभूमको श्रीनिकेतन संयुक्त रूपमा दोस्रो स्थानमा रह्यो जहाँको तापमान 8 डिग्री रह्यो।
राज्यका अधिकांश भागहरूमा कुहिरोलाई लिएर चेताउनी जारी गरिएको छ। दक्षिण बंगालका जिल्लाहरूमा बिहान सामान्यदेखि मध्यम कुहिरो लागेको कारणले दृश्यता 999 मीटरदेखि घटेर 200 मीटरसम्म पुग्नसक्छ। उत्तर बंगालमा घना कुहिरो र कठ्याङ्ग्रिने जाड़ोको चेताउनी दिइएको छ।
कुचबिहारको स्थिति सबैभन्दा अधिक गम्भीर छ। गए शुक्रवार साँझ घना कुहिरोको कारणले त्यहाँको दृश्यता लगभग शून्यसम्म पुगेको थियो।। मौसम विभागले बताएको छ, आगामी तीन दिनसम्म कुचबिहारमा तीव्र जाड़ोको स्थिति यथावत रहनेछ। यस जिल्लाको लागि जाड़ोको अरेञ्ज अलर्ट जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा