
राजगढ़, 27 दिसम्बर (हि.स.)। सारंगपुर थाना क्षेत्रको मुकेरवाड़ी टोलमा बस्ने 35 वर्षीय महिलाले सारंगपुर निवासी युवकमाथि 6 वर्षपूर्व बलजफ्ती गलत काम गरेको अनि भीडियो भाइरल गर्ने धम्की दिएर कैयौं पटक दुष्कर्म अनि भेट्न अस्वीकार गर्दा भीडियो भाइरल गरिदिएको आरोप लगाएकी छन्। पुलिसले शनिवार पीड़िताको सिकायतमा भगौड़ा आरोपी विरूद्ध आईटी एक्ट सहित विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य शुरू गरेको छ।
पुलिस अनुसार, मुकेरवाड़ी निवासी 35 वर्षीय महिलाले बताइन्, सारंगपुर निवासी सलिम, पुत्र समद खाँले 6 वर्षअघि बलजफ्ती गलत काम गऱ्यो जसको लुकेर भीडियो पनि बनायो। पछि उसले उक्त भीडियोलाई भाइरल गरिदिने धम्की दिएर कैयौं पटक महिलासित दुष्कर्म गऱ्यो। गत 20 अक्टोबरमा आरोपीले महिलासित भेट गर्ने जिद गऱ्यो जसलाई अस्वीकार गर्दा उसले भीडियो भाइरल गरिदियो। पुलिसले पीड़िताको रिपोर्टमा भगौड़ा आरोपी सलिम विरूद्ध धारा 64(1), 64(2)(एम), 351(3) बीएनएस, 67 ए आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरी उसलाई खोज्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा