केन्द्रिय मन्त्री प्रल्हाद जोशी सिक्किमको औपचारिक भ्रमणमा, बागडोग्रा आइपुगे
केन्द्रिय मन्त्री प्रल्हाद जोशी सिक्किमको औपचारिक भ्रमणमा


बागडोग्रा, 27 दिसम्बर (हि.स.)। भारत सरकारका केन्द्रिय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण तथा नयाँ एवं नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद जोशी सिक्किमको औपचारिक भ्रमणका लागि आज बागडोग्रा आइपुगे। केन्द्रिय मन्त्रीलाई बागडोग्रा विमानस्थलमा सम्पर्क अधिकारी, सिक्किम सरकारको खाद्य तथा नागरिक आपूर्ति विभागका सहायक निर्देशक सरत तामाङ र गृह विभागका अधिकारीहरूले स्वागत जनाए। बागडोग्राबाट उनी आफ्नो निर्धारित कार्यक्रमहरूमा भाग लिन गान्तोक प्रस्थान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande