
अहमदाबाद, 25 मई (हि.स.)। गुजरातका दुई विधानसभा सिट कड़ी र विसावदरमा उपचुनाउको घोषणा गरिएको छ। निर्वाचन आयोगले आफ्नो वेबसाइटमा यस सम्बन्धमा जानकारी जारी गरेको छ। यी दुई सिटका लागि 19 जुनमा मतदान हुनेछ र 23 जुनमा मतगणना हुनेछ। मनोनयन दर्ता गर्ने प्रक्रिया 26 मईबाट शुरु हुनेछ। शान्तिपूर्ण मतदान सम्पन्न गर्न निर्वाचन आयोगले सबै तयारी शुरू गरेको छ।
फरवरीमा भाजपा विधायक करशन सोलंकीको मृत्युका कारण कड़ी सिट खाली भएको थियो। यसैगरी, आम आदमी पार्टीका विधायक भूपत भायाणीले विसावदर सीटबाट राजीनामा दिएका थिए। यसरी गुजरातका यी दुई सिटमा उपचुनाव हुँदैछ।
अर्कोतर्फ, निर्वाचन आयोगले चुनाउको मिति तय गरेसँगै गुजरातमा राजनीतिक हलचल शुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी 26 र 27 मईमा गुजरातको भ्रमणमा रहनेछन्। आम आदमी पार्टी दुवै सिटमा चुनाउको तयारीमा जुटेको छ।
आम आदमी पार्टी (आआप) ले पहिले नै गोपाल इटालियालाई विसावदरको लागि उम्मेदवार घोषणा गरिसकेको छ। 2022 को विधानसभा चुनाउ सँगै लडेको आआप र कांग्रेसबीच उपचुनाउमा कुनै गठबन्धन छैन। त्यसैले दुवै सिटमा त्रिकोणीय प्रतिस्पर्धा हुने सम्भावना छ। कांग्रेसले पनि दुवै सिटका लागि पहिले नै तयारी शुरु गरिसकेको छ। अहमदाबादमा पार्टीको राष्ट्रिय अधिवेशनपछि कार्यकर्ताहरू उत्साहित छन्। त्यसैगरी, भाजपाले कडी सिट फिर्ता जित्ने प्रयास गरिरहेको छ भने विसावदर सिट आआपबाट खोस्ने तयारी गरिरहेको छ।
2022 मा भएको गुजरात विधानसभा चुनाउमा जुनागढ जिल्लाको विसावदर सिटमा आम आदमी पार्टीका भूपत भायाणी विजयी भएका थिए। भूपत भायाणीको फारममा त्रुटि भएको गुनासो गर्दै उच्च अदालतमा निवेदन दायर गरिएको थियो। भायाणीको उम्मेदवारी पत्रसँग सम्बन्धित मुद्दा हाल गुजरात उच्च अदालतमा विचाराधीन थियो। यस्तो अवस्थामा विसावदर सिटमा उपचुनाउको घोषणा गरिएको थिएन।
हिन्दुस्थान समाचार / भवानी थामी