
कोलकाता, 26 मई (हि.स.)। पश्चिम बंगाल पुलिसले आतङ्कवादी संगठन जमानत-उल-मुजाहिदीन बांग्लादेश (जेएमबी) द्वारा रचिरहेको ठूलो षड़यन्त्रको खुलासा गरेको छ। थाहा लागेको छ कि राज्यका विभिन्न हिस्साहरूमा धेरै युवाहरू, जसमा केही नाबालिग पनि छन्, उनीहरूलाई जेएमबीको स्लीपर सेलमा सामेल गर्नका लागि प्रय़ास गरिँदैथियो।
एक पुलिस अधिकारी अनुसार, गत केही दिन अगाड़ी विशेष कार्यबल (एसटीफ) ले अबासुद्दीन मोल्ला, आज़मल हुसैन र साहेब अली खानलाई पक्राउ गरेको थियो। यी आरोपीहरूसित सोधपुछमा खुलासा भयो कि यिनीहरूले युवाहरूसित व्यक्तिगत रूपमा सम्पर्क गरी ‘धार्मिक शिक्षा कार्यक्रमहरूमा’ मा सामेल हुन प्रेरित गरे। यी कार्यक्रमहरूको माध्यमले युवाहरूलाई इस्लामिक कट्टरपन्थतिर बिस्तारै लगिन्थ्यो। उनीहरूलाई यस्तो भीडियो र पुस्तकहरू दिइँथ्यो, जुन बाहिरी रूपमा धार्मिक प्रतीत हुन्थ्यो तर त्यसभित्र जेहादको सन्देश छापेको हुन्थ्यो। पहिलो चरणमा यी युवाहरूमध्ये तिनीहरूलाई छनोट गरिन्थ्यो, जसले संगठनको 'दीर्घकालिक लक्ष्य' प्रति पूरा निष्ठा र प्रतिबद्धता देखाउँथे। चयनपछि यी युवाहरूको थप ब्रेनवश गरिन्थ्यो।
पाकिस्तान र कश्मीर कनेक्शन
एसटीएफद्वारा गरिएको अहिलेसम्मको जाँचमा आरोपी अबासुद्दीन मोल्लाको पाकिस्तानसित सोझो सम्पर्कको प्रमाण पाइएको छ। उसको मोबाइल फोनबाट जफत एन्क्रिप्टेड मेसेजमा पाकिस्तानमा स्थित केही मानिसहरूको साथै कश्मीर आधारित कट्टरपन्थी संगठन अन्सार गजवत-उल-हिन्दको सम्पर्कको पुष्टि भएको छ। अन्य दुई आरोपी आजमल हुसैन र साहेब अली खानको मोबाइलबाट प्राप्त सन्देशहरूबाट जेएमबी बाहेक बांग्लादेशी संगठन हिज्ब-उत-तहरीर (एचयूटी) र अन्सारुल्लाह बांग्ला टीम (एबीटी) सित सम्बन्धहरूको संकेत पनि पाइएको छ। आजमल र साहेबलाई बीरभूम ज़िल्लाबाट पक्राउ गरिएको थियो जबकि मोल्लालाई दक्षिण-24 परगनाको डायमन्ड हार्बरको पाटुरी गाउँबटा पक्राउ गरिएको थियो।
मुर्शिदाबाद हिंसामा एबीटीको भूमिका संदिग्ध
हालमा मुर्शिदाबाद जिल्लामा वक्फ (संशोधन) अधिनियम विरूद्ध भएको हिंसक प्रदर्शनमा पनि गोप्य एजेन्सीहरूलाई बांग्लादेशी घुसपैठीहरूको भूमिकाको इनपुट प्राप्त भएको थियो। यी रिपोर्टहरूमा जेएमबी, एचयूटी र एबीटी जस्ता संगठनहरूको नाम अघि आएको छ। खासगरी सीमावर्ती क्षेत्रहरू, शमशेरगंज र धूलियानमा भएको हिंसाको पछाड़ी एबीटीको भूमिकाको आशंका व्यक्त गरिँदैछ। शमशेरगंजको पूर्वमै बांग्लादेशको चापाई नवाबगंज ज़िल्ला स्थित छ, जुन एबीटीको गढ़ मानिन्छ।
पुलिस प्रवक्ता अनुसार, राज्य पुलिस र केन्द्रिय गोप्य एजेन्सीहरूले अलर्ट जारी गरेका छन्। नाबालिगहरू र युवाहरूलाई जेहादी गतिविधिहरूमा सामेल गर्ने यो रणऩीति राष्ट्रिय सुरक्षाको निम्ति गम्भीर खतरा मानिन्दैछ। सोधपुछ र डिजिटल साक्ष्यहरूको आधारमा अब यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको पहिचान र गिरफ्तारीको प्रयास जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी