
नयाँ दिल्ली, 01 जून (हि.स.)। साल 2018 पछि यस साल मई महिनामा प्रदूषणको स्तर सबैभन्दा कम रह्यो। वायु गुणवत्ता प्रबन्धन आयोगले आइतवार जारी रिपोर्टमा बतायो, मई 2025 को महिना 2018 पछि दिल्लीमा सबैभ्दा राम्रो औसत वायु गुणवत्ता सूचकांक 170 अर्थात् 'मध्यम' श्रेणी मा रह्यो।
लकडाउन र प्रतिबन्धात्मक कोविड वर्ष 2020 र 2021 लाई छोड़ेर मई महिनाको निम्ति औसत एक्यूआई क्रमशः 2018 मा 217, 2019 मा 221, 2022 मा 212, 2023 मा 171 र 2024 मा 223 थियो।
यसका साथै जनवरी-मईको अवधिको निम्ति दिल्लीको औसत एक्यूआईमा पनि गत केही वर्षमा उल्लेखनीय सुधार भएको छ, जुन 2024 मा 231 को तुलनामा चालू वर्षमा 214 दर्ता गरियो।
सी एक्यूएमले भन्यो, 2025 मा जनवरी-मईमा एक दिनपनि यस्तो थिएन जब औसत एक्यूआई 400 भन्दा अधिक होस्। वर्ष 2018, 2019, 2020, 2021, 2022, 2023 र 2024 मा क्रमशः 03, 07, 02, 05, 01, 03 र 03 यस्ता दिन थिए। आयोगले भन्यो, आयोगले वायु प्रदूषणको रोकथाम, नियन्त्रण र कमी ल्याउने तथा दिल्ली-एनसीआरमा वायु गुणवत्तामा सुधार ल्याउनका लागि प्रभावी कदम उठाउनका लागि विभिन्न सम्बन्धित हितधारकहरूको साथ मिलेर काम गरिरहेको छ र आउने दिनहरूमा दिल्लीमा वायु गुणवत्ता परिदृश्यमा अझ् सुधार ल्याउने प्रय़ास तीव्र गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी