नयाँ दिल्ली, 10 जून (हि.स.)। विश्वको जनसंख्यामाथि दिनहुँ बहस भइरहन्छ। कतै जनसंख्या विस्फोटको डर त कतै जनसंख्या घट्ने चिन्ता। तर, संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए) को स्टेट अफ वर्ल्ड पपुलेशन 2025 रिपोर्टले एक छुट्टै सत्य औंल्याउँछ। वास्तविक संकट नानीहरू धेरै छन् वा कम्ती छन् भन्ने हाेइन, तर मानिसहरूले त्यति नानी जन्माउन सकिरहेका छैनन्, जति उनीहरूलाई चाहिएकाे छ।
यूएनएफपीए रिपोर्टले लाखौं व्यक्ति आफ्नो वास्तविक प्रजनन लक्ष्यहरूलाई प्राप्त गर्नमा सक्षम नरहेको कुरा उजागर गरेकाे छ। भारतमा तीनमध्ये एक वयस्क महिलाले अनपेक्षित गर्भधारणको सामना गर्छिन्। यूएनएफपीएको रिपोर्टले भन्छ, वस्तवमा फर्टिलिटी क्राइसिस (प्रजनन संकट) जनसंख्यामा कमी वा वृद्धि नभएर मानिसहरूको अधूरो सपनाहरूको परिणाम हो। जबसम्म हरेक व्यक्तिले कहिले र कति बच्चा चाहियो, यो तय गर्ने उसले स्वतन्त्रता र संसाधन पाउँदैन तबसम्म प्रजनन संकट बनिरहनेछ।
यूएनएफपीए रिपोर्ट अनुसार, भारतको कूल प्रजनन दर अब 2.0 सम्म आइसकेको छ, जुन जनसंख्या स्थिरताको निम्ति आदर्श दर (2.1) को नजिक छ तर क्षेत्रीय असमानताहरू अहिलेपनि बनेको छ। बिहार, झारखण्ड र उत्तर प्रदेश जस्ता राज्यहरूमा अहिलेपनि प्रजनन दर धेरै छ। जबकि दिल्ली, केरल र तमिलनाडु जस्ता राज्यहरूमा यो दर प्रतिस्थापन स्तरभन्दा तल झरिसकेको छ। यो अन्तरले स्वास्थ्य सुविधाहरू, शिक्षा, आर्थिक अवसरहरू र सामाजिक सोचमा भारी असमानतालाई दर्शाउँछ।
यूगोव सर्वे 2025 मा भारत सहित 14 देशबाट 14000 जनाले अनलाइन भागीदारी गरे, यसको मुख्य निष्कर्ष भारतमा प्रजनन स्वायत्ततासित जोड़िएका धेरै प्रमुख बाधाहरूतिर संकेत गर्दछ। आर्थिक असुरक्षा सबैभन्दा ठूलो बाधाहरूमध्ये एक हो। लगभग 10 मध्ये 4 जनाले भने, आर्थिक सीमाहरूले उनीहरूलाई आफूले चाहेको परिवार बनाउनदेखि रोकिरहेको छ। नोकरीको असुरक्षा (21 प्रतिशत), आवासको कमी (22 प्रतिशत) र विश्वासिलो चाइल्डकेअरको अनुपलब्धता (18 प्रतिशत) को कारण माता-पिता बन्नदेखि हिचकिचाइरहेका छन्।
खराब सामान्य स्वास्थ्य (15 प्रतिशत), बाँझोपना (13 प्रतिशत) र गर्भावस्थासित सम्बन्धित स्वास्थ्य सेवाहरूसम्म सीमित पहुँच (14 प्रतिशत) जस्ता स्वास्थ्य सम्बन्धी बाधाहरूले पनि तनाउ श्रृजना गर्दछ। धेरैले भविष्यलाई लिएर बढ्दो चिन्ता जस्तो जलवायु परिवर्तन, राजनीतिक र सामाजिक अस्थिरताको कारण पनि बच्चाको योजना बनाउन सकिरहेका छैनन्। 17 प्रतिशतले भने, उनीहरूमाथि उनीहरूको साथी वा परिवारको तर्फबाट अपेक्षाभन्दा अधिक बच्चा जन्माउने दबाउ थियो।
हिन्दुस्थान समाचार / भवानी थामी