यी परियोजनाहरूको कूल अनुमानित लागत ₹6,405 करोड छ
नयाँ दिल्ली, 11 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलाको मन्त्री-मण्डलीय समितिले रेल मन्त्रालयको दुईवटा परियोजनालाई अनुमोदन गरेको छ, जसको कूल लागत ₹6,405 करोड छ। यी परियोजनामा सामेल छन्:
1. कोडरमा-बरकाकाना दोहोरीकरण (133 किलोमिटर)– यो परियोजना खण्ड झारखण्डको प्रमुख कोइला उत्पादक क्षेत्रबाट हुँदै गुज्रिन्छ। यसका अतिरिक्त, यो पटना अनि राँचीबीच सबैभन्दा छोटो र बढी कुशल रेल सम्पर्क हो।
2. बेल्लारी-चिकजाजुर दोहोरीकरण (185 किलोमिटर) – परियोजना लाइन कर्नाटकको बेल्लारी र चित्रदुर्ग जिल्ला अनि आन्ध्र प्रदेशको अनन्तपुर जिल्ला भएर गुज्रिन्छ।
बढेको लाइन क्षमताले गतिशीलतामा उल्लेखनीय वृद्धि हुनेछ, जसको परिणामस्वरूप भारतीय रेलका लागि प्रचालन दक्षता अनि सेवा विश्वसनीयतामा सुधार आउनेछ। यी मल्टी-ट्रेकिङ प्रस्तावबाट प्रचालन सुव्यवस्थित हुनका साथै भीडमा कमी आउनेछ। यी परियोजना प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ भारतको परिकल्पना अनुरूप छन्, जसले क्षेत्रमा विकासको माध्यमद्वारा मानिसहरूलाई आत्मनिर्भर बनाउनेछ भने उनीहरूका लागि रोजगार/ स्वरोजगारको अवसर पनि बढ्नेछ।
यी परियोजना मल्टी-मोडल केनेक्टिभिटीको निम्ति पीएम- गतिशक्ति राष्ट्रिय गुरुयोजनाका परिणाम हुन्, जुन एकिकृत योजनाको माध्यमद्वारा सम्भव भएको छ र मानिस, वस्तु अनि सेवाको आवागमनको निम्ति निर्बाध कनेक्टिभिटी प्रदान गर्नेछ।
झारखण्ड, कर्नाटक अनि आन्ध्र प्रदेशको सात जिल्लालाई सामेल गर्ने यी दुई परियोजनाले भारतीय रेलको विद्यमान नेटवर्कलाई करिब 318 किलोमिटरसम्म बढाउनेछ।
अनुमोदित मल्टी-ट्रेकिङ परियोजनाले करिब 1,408 वटा गाउँमा कनेक्टिभिटी बढाउनेछ, जसको जनसङ्ख्या करिब 28.19 लाख छ।
कोइला, लौह अयस्क, परिष्कृत इस्पात, सिमेन्ट, उर्वरक, कृषि वस्तु अनि पेट्रोलियम उत्पाद आदि जस्ता वस्तुको परिवहनका लागि यी आवश्यक मार्ग हुन्। क्षमता वृद्धि कार्यहरूको परिणामस्वरूप 49 एमटीपीए (मिलियन टन प्रति वर्ष) अतिरिक्त माल यातायात हुनेछ।
रेलवे पर्यावरणमैत्री अनि ऊर्जा सक्षम साधन हो, जसबाट जलवायु लक्ष्य अर्जित गर्न र देशको लजिस्टिक्स लागत घटाउन, तेल आयात (52 करोड लिटर) कम्ति गर्न र कार्बन डाइअक्साइड उत्सर्जन (264 करोड किलोग्राम) घटाउन सघाउ पुऱ्याउनेछ, जुन 11 करोड रुखको बिरुवा रोप्नु बराबर हो।
हिन्दुस्थान समाचार / बिशाल