पटना, 11 जून (हि.स.)। फिल्म इन्डस्ट्रीजमा ‘शटगन’ को नामले चिनिने शत्रुघ्न सिन्हा संधैदेखि आफ्नो डायलगको कारण सुपरहिट रहेका छन्। र स्क्रिप्ट सही रह्यो भने डायलग पनि हीट हुँदै आएको छ। तर राजनीतिमा यस पाली उनको स्क्रिप्टमा गल्ती हुँदा उनको डायलगमा पनि गड़बड़ी भएको छ।
वस्तुतः आसनसोलबाट तृणमूल कांग्रेसबाट सांसद शत्रुघ्न सिन्हाले बुधवार एक्समा लालू यादवलाई बड़ो जोशको साथ जन्मदिनको शुभकामना दिए। तर यस बधाईको साथ उनले यस्तो गड़बड़ी गरे कि राजद नेता र कार्यकर्ता पनि केही समयको निम्ति अलमल्ल परे। शत्रुघ्न सिन्हाले एक्समा लेखेका छन्, हाम्रा प्रिय पारिवारिक मित्र, जदयू सुप्रीमो, लोकप्रिय, जन-जनका नेता लालू प्रसादलाई जन्मदिनको शुभकामना।
राजनीतिक खेमामा यस ‘मौखिक त्रूटी’ लाई लिएर मानिसहरूले खूबै मज्जा मानिरहेका छन्। एक नेताले व्यंग्यात्मक टिप्पणी गरे, यस्तो लाग्छ कि शटगनले अब आफ्नो बयान पनि डबिङ आर्टिस्टबाट रेकर्ड गराइरहेका छन्।
अर्कोतिर, राजद कार्यकर्ताहरूले पनि लेखे, गल्ती भयो होला...यद्यपि, राजनीतिमा आजकल दल-बदलको मौसम चलिरहेको छ, शायद शत्रुघ्न सिन्हाको मुखले मनको कुरा भनिदियो।
राजनीतिक विश्लेषक पनि यस बयानले गर्दा खासै मनोराञ्जनको मुद्रामा छन्। एक वरिष्ठ पत्रकारले ट्वीट गरेका छन्, शत्रुघ्न सिन्हाको यो बयान देखेर लालू यादव पनि म कुन पार्टीमा छु ? भनेर सोचमा परे होला।
शत्रुघ्न सिन्हाले लालू यादवको साथ धेरै पुराना फोटोहरू पनि एक्समा साझा गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी