शहीद एएसपी आकाश गिरपुन्जेलाई दिइयो गार्ड अफ अनर, पत्नीले रूँदै गरिन् सेल्यूट
गार्ड


रायपुर, 10 जून (हि.स.)। सुकमा नक्सली आईईडी ब्लास्टमा बलिदान भएका एएसपी आकाश राव गिरपुन्जेलाई रायपुरको माना पुलिस बटालियनमा सोमवार बिहान गार्ड अफ अनर दिइयो। शहीदकी पत्नी, छोरा र आमाले उनलाई रूँदै सेल्यूट गरी अन्तिम बिदाई दिए भने पिता रोइरहे। मुख्यमन्त्री विष्णु देव साय, विधानसभा अध्यक्ष डा. रमन सिंह, उप मुख्यमन्त्री अरुण साव र विजय शर्मा सहित छत्तीसगढ़ शासनका अधिकारीहरू एवं पुलिस अधिकारीहरूले पनि उनलाई श्रद्धाञ्जलि दिए।

यस अगाड़ी उनको अन्तिम यात्रा आज बिहान कुशालपुर स्थित निवासबाट निस्क्यो। अन्तिम यात्रामा रायपुर कलेक्टरको साथ छत्तीसगढ़ शासनका वरिष्ठ अधिकारी-कर्मचारी सामेल भए। माना पुलिस बटालियनदेखि शहीद आकाश गिरपुन्जेको पार्थिव शरीरलाई गार्ड अफ अनर दिएपछि महादेव मुक्तिधाम लगियो। उनको अन्तिम यात्रामा मुख्यमन्त्री, विधानसभा अध्यक्ष तथा दुवै उप मुख्यमन्त्रीहरूले पार्थिव देहलाई काँध दिए।

उल्लेख्य, सुकमामा नक्सली आईईडी विस्फोटमा सोमवार रायपुर निवासी अतिरिक्त पुलिस अधीक्षक (एएसपी) आकाश गिरपुन्जे बलिदान भए। उनको परिवारमा उनकी पत्नी, माता-पिता र दुई साना नानीहरू छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande