नयाँ दिल्ली, 10 जून (हि.स.)। देश-विश्वको इतिहासमा हरेक मितिले अहम स्थान बोक्दछ। भारतको इतिहासको कुरा गर्दा 11 जूनमा प्रथम प्रधानमन्त्री जवाहर लाल नेहरूको इच्छा अनुरूप उनको अस्थिलाई देशभरिमा छर्रिएको थियो।
ब्रिटेनको इतिहासमा पनि यस तारिकको खास महत्व छ। ब्रिटेनकी लौह महिला मारग्रेट थैचरले तेस्रो पल्ट देशको प्रधानमन्त्रीको पद यही तारिक सम्हालिन्। देशको 160 वर्षको इतिहासमा यो उपलब्धी हासिल गर्ने उनी प्रथम राजनेता बनिन्।
महत्वपूर्ण घटनाचक्रः1770: क्याप्टन जेम्स कुकले अस्ट्रेलियाको ग्रेट बेरियर रीफको खोज गरे।
1776: अमेरिकाको स्वतन्त्रताको घोषणा पत्र तयार पार्न समिति बनाइयो।
1866: इलाहाबाद उच्च न्यायालयको स्थापना। यसलाई पहिले आगरा उच्च न्यायालयको नामले चिनिन्थ्यो।
1921: ब्राजीलमा महिलाहरूले चुनाउमा मतदानको अधिकार पाए।
1935: एडविन आर्मस्ट्रङले पहिलो पल्ट एफएमको प्रसारण गरे।
1940: यूरोपीय देश इटलीले मित्र देशहरू विरूद्ध लड़ाईको घोषणा गऱ्यो।
1955: पहिलो मैग्निशियम जेट हवाई जहाजले उड़ान भऱ्यो।
1964: जवाहरलाल नेहरूको इच्छा मुताबिक उनको अस्थिलाई देशका विभिन्न हिस्साहरूमा छर्रियो।
1987: 160 वर्षको इतिहासमा पहिलो पल्ट मारग्रेट थैचर लगातार तेस्रो पल्ट ब्रिटिश प्रधानमन्त्री बनिन्।
2001: अमेरिकाको ओकलाहोमा शहरमा 1995 मा एक संघीय भवनमा बम फ्याक्ने टिमोथी मैग्वेगलाई मृत्युदण्ड दिइयो।
2003: कोर्निकोवा महिला टेनिसकी सबैभन्दा सुन्दर खेलाड़ी घोषित।
2006: नेपाली संसदले आम रायले नरेशको वीटो अधिकारलाई समाप्त गऱ्यो। 2007: फिजीका अपदस्थ प्रधानमन्त्री लाडसेनिया करासेले राजधानी सुवामा प्रवेशको अनुमति पाए।
2008: भ्रष्टाचारको आरोपमा जेलमा बन्द बांग्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना वाजेद रिहा भइन्।
2008: ब्रह्मोस सुपरसोनिक मिसाइललाई भारतीय वायुसेनामा सामेल गरियो। 2010: अफ्रीकाले 19औं फुटबाल विश्व कप टूर्नामेन्टको मेजबानी गऱ्यो। अफ्रीकी महाद्वीपमा यस प्रतियोगिताको पहिलो पल्ट आयोजन भयो।
जन्म1897: महान स्वतन्त्रता सेनानी पण्डित राम प्रसाद बिस्मिल।
1909: पूर्व लोकसभा अध्यक्ष केएस हेगड़े।
1927: मिजोरमका पूर्व मुख्यमन्त्री लाल डेंगा।
1937 प्रसिद्ध शास्त्रीय नर्तकी, कोरियोग्राफर र शिक्षाविद कनक रेले।
1948: बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादव।
1989: भारतीय प्यारा बेडमिन्टन खेलाड़ी मानसी जोशी।
निधन1924: मराठी भाषाका सुप्रसिद्ध इतिहासकार, कवि, नाटककार र जीवनी लेखक वासुदेव वामन शास्त्री खरे।
1983: भारतका उद्योगपति एवं स्वतन्त्रता संग्राम सेनानी घनश्यामदास बिड़ला।
1997: लामो दूरीका भारतीय तैराक मिहिर सेन।
2021: कन्नड़ भाषाका लेखक, कवि, नाटककार र दलित कार्यकर्ता सिद्धलिंगैया।
महत्वपूर्ण दिवस
-सन्त कबीर जयन्ती।
-महान क्रान्तिकारी पण्डित राम प्रसाद बिस्मिलको जयन्ती।
हिन्दुस्थान समाचार / भवानी थामी