ऐतिहासिक ढेकियाखोवा बरनामघरमा महापुरूष माधवदेवको जयन्ती पालन
ऐतिहासिक ढेकियाखोवा बरनामघरमा महापुरूष माधवदेवको जयन्ती पालन


जोरहाट (असम), 12 जून (हि.स.)। बिहीवार महापुरुष श्रीमन्त शंकरदेवका प्रमुख शिष्य तथा नव वैष्णव धर्मका प्रचारक महापुरुष श्रीश्री माधवदेवको जन्मोत्सव हो। यस अवसरमा राज्यका विभिन्न क्षेत्रहरूमा प्रातःकालदेखि नै नाम-प्रसंग शुरू भएको छ। राज्यका अन्य स्थानहरू सहित पूर्व जोरहाटका एक प्रमुख पीठ महापुरूष माधवदेवद्वारा स्थापित ऐतिहासिक ढेकियाखोवा बरनाम घरमा उल्लास अनि उत्साहको साथमा गुरुजनको जयन्ती मनाइँदैछ।

बिहान उषा कीर्तन, अक्षय दीपक तेल अर्पण, नाम प्रसंग, दिहा नाम आदि विभिन्न कार्यक्रमहरूको आयोजन गरिएपछि जनताको सहयोगमा भागवत भ्रमण अनि सांस्कृतिक शोभायात्रा निकालियो। उक्त कार्यक्रममा ढेकियाखोवा क्षेत्रका मानिसहरू लगायत समग्र माथिल्लो असमका केही भक्ति वैष्णवहरूले भाग लिएका छन्। हरिनामको ध्वनिबाट सम्पूर्म वातावारम मुखरित भएको छ। आयोजकहरूले बतााएका छन्, शोभायात्रापछि मुख्य नाम अनि त्यसपछि एक धर्मालोचन सभा, प्रतिभाशाली विद्यार्थीहरूको सम्मान एवं महापुरुषहरूको अमर कृतिको बारेमा चर्चा तथा रातीसम्म भावनाको प्रदर्शन गरिनेछ। महापुरुष माधवदेवको जयन्तीको अवसरमा ढेकियाखोवामा एक धार्मिक परिवेशमा मानिसहरू एकाकार भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande