प्रेरित ध्रुव शिष्यकृत 'सातपल्ट डुबुल्की मार' अनि सर्जक पास्टर तिमोथी घलेकृत कृति 'येशुसँगको मुठभेट' को लोकार्पण
प्रेरित ध्रुव शिष्यकृत 'सातपल्ट डुबुल्की मार' अनि सर्जक पास्टर तिमोथी घलेकृत कृति 'येशुसँगको मुठभेट' को लोकार्पण


दार्जिलिङ, 13 जून (हि.स.)। विभिन्न कार्यक्रमहरुसंगै सर्जक प्रेरित ध्रुव शिष्यकृत 'सातपल्ट डुबुल्की मार' अनि सर्जक पास्टर तिमोथी घलेकृत कृति 'येशुसँगको मुठभेट' को आज लोकार्पण गरिएको छ। दार्जिलिङको दिव्यवाणी भवनमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथिको रुपमा जीटीएका सभासद सन्दिप छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा सर्जकद्वय पास्टर रमेश गुरुङ, पास्टर किशोर त्रिखत्री, डुनामिज बाइबल इन्टरन्यासनल बाइबल कलेज प्रमुख शिव मुखिया लगायत अन्यहरू उपस्थित थिए।

उपस्थित अतिथिहरुको बाहुलीबाट नै उक्त दुईवटा कृतिहरुको लोकार्पण गरियो। उक्त लोकार्पण अवधि सभासद सन्दिप छेत्री अनि पास्टर रमेश गुरुङलाई सम्बर्द्धना पनि जनाइयो। लोकार्पण कार्यक्रममा प्रमुख वक्ताको रूपमा पास्टर किशोर त्रिखत्री रहेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन कवि राजु गिरीले गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande