कोलकाता, 12 जून (हि. स.)। पश्चिम बंगाल विधानसभामा बिहीवार त्यसबेला ठूलो खैलाबैला शुरू भयो जतिबेला मुर्शिदाबाद अनि महेशतलामा भएको हिंसाको मुद्दामा ल्याइएको स्थगन प्रस्तावलाई विधानसभा अध्यक्ष बिमान ब्यनर्जीले खारेज गरिदिए। यसबाट असन्तुष्ट भारतीय जनता पार्टी (भाजपा)- का विधायकहरूले सदनबाट वकआउट गरे। वकआउटपछि भाजपा विधायकहरूले राजभवनसम्म मार्च गरे।
विपक्षका नेता शुभेन्दु अधिकारीले मुर्शिदाबादको हिंसालाई लिएर स्थगन प्रस्ताव पेश गरेका थिए भने उनका साथी विधायक पुना भेंगराले बुधवार महेशतलामा भएको हिंसा अनि गुटीय झड़पमाथि भिन्नै प्रस्ताव राखेका थिए। अध्यक्षले मुर्शिदाबादको घटनालाई न्यायालयमा लम्बित रहेको बताउँदै महेशतलाको स्थितिलाई वर्तमान परिस्थितिमा सदनमा चर्चाको निम्ति अयोग्य ठान्दै दुवै प्रस्तावलाई अस्वीकार गरिदिए।
यस निर्णयबाट रूष्ट भाजपा विधायकहरूले तृणमूल सरकारविरूद्ध नाराबाजी गरे साथै “हिन्दू-विरोधी सरकार” जस्तो नारा लगाउँदै विधानसभाबाट वकआउट गरे। त्यसपछि सबै भाजपा विधायकहरूले राज्यपालको निवाससम्म मार्च गरे।
यस सम्पूर्ण घटनाक्रममा राज्यकी मन्त्री चन्द्रिमा भट्टचार्य अनि शशि पाञ्जाले भाजपा विधायकहरूको आलोचना गर्दै भने, विधानसभामा भगवा झण्डा फहराउनु, यस किसिमको नारा लगाउनु अनुचित एवं असंसदीय हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा