कोलकाता, 12 जून (हि.स.)। राज्यमा लगातार बढ़्दो तापमान तथा लु जस्तो स्थितिलाई मध्यनजर गर्दै पश्चिम बंगाल सरकारले एउटा महत्वपूर्ण निर्णय लिँदै 13 र 14 जून अर्थात शुक्रवार र शनिवार सबै सरारी एवं सरकारद्वारा सहायता प्राप्त प्राइमरी, अपर प्राइमरी, सेकेण्डरी एवं हायर सेकेण्डरी स्कूलहरूलाई बन्द राख्ने आदेश जारी गरिएको छ। यो निर्णय विद्यार्थीहरूको स्वास्थ्य एवं सुरक्षालाई ध्यानमा राखेर लिइएको हो।
राज्यका शिक्षा मन्त्री ब्रात्य बसुले यस सम्बन्धमा जानकारी साझा गर्दै बताए, राज्यका केही जिल्लाहरू विशेष दक्षिण बंगाल क्षेत्रमा प्रचण्ड गर्मीको कारणले स्कूले विद्यार्थीहरू बिमार भएको खबर लगातार प्राप्त भइरहेको थियो। यसैलाई केन्द्र गरेर यो अस्थायी अवकाश दिने फसेला लिइएको हो।
शिक्षा मन्त्रीले सोशल मीडिया मञ्च एक्समा पोस्टको माध्यमबाट भने, केही जिल्लाहरूमा ताप प्रवाहको गम्भीर स्थिति छ। विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर सरकारले दुई दिन स्कूल बन्द राख्ने निर्णय लिएको छ। सबै सम्बन्धित बोर्ड अनि संस्थाहरूलाई आवश्यक कारबाही सुनिश्चित गर्ने निर्देश दिइएको छ।
बितेका केही दिनदेखिको बाँकुड़, पुरुलिया, पूर्व मेदिनीपुर सहित राज्यका केही जिल्लाहरूबाट यस्तोसमाचारआइरहेकोछ, अत्यधिक गर्मीको कारणले विद्यार्थीहरू बिमार भइरहेका छन्। जूनको मध्यमा पुग्दा पनि दक्षिण बंगाालमा मनसुनको आगमन भएको छैन यसको विपरीत धेरवटा क्षेत्रमा प्रचण्ड लु जारी छ।
गए बुधवार राज्यका स्कूल शिक्षा आयुक्तले सबै जिल्ला विद्यालय निरीक्षकहरूलाई निर्देश दिएका थिए, गर्मीलाई ध्यानमा राखेर स्कूलहरूमा अपरान्हको समयमा खेलकूद अनि शारीरिक शिक्षा जस्ता गतिविधिहरूलाई अस्थायी रूपमा स्थगित गरियोस्।
यदि मनसुन आउन ढिलो भयो भने तथा लगातार यसप्रकारको ताप वृद्धि भयो भने अवकाशलाई अझ केही दिनको लागि बढ़ाउन सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा