-हरेक बाल-बालिकालाई शिक्षा, सुरक्षा, सम्मान औ संस्कारसित जोड़्ने संकल्प लिऔं
नयाँ दिल्ली, 12 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले विश्व बाल श्रम निषेध दिवसमा एक्समा पोस्ट गरी बताइन्, बाल-बालिकाहरू देशका भविष्य हुन्। उनीहरूलाई बाल मजदुर बनाउनु देशको भविष्यलाई अन्धकारमा धकेल्नु जस्तै हो।
उनले भनिन्, बाल मजदुरी एक सामाजिक अपराध मात्र नभएर बाल्यकालको मुस्कान अनि सपनाको उड़ानलाई खोस्ने कलंक पनि हो। शिक्षा, सुरक्षा एवं सम्मान हरेक बाल-बालिकाको अधिकार हो। यो नयाँ भारत हो, यही हाम्रो संकल्प हो।
मुख्यमन्त्रीले भनिन्, हाम्रो सरकारले बाल्यकाललाई स्याहार-सुसार गर्नको लागि सही पोषण, सुरक्षित वातावरण एवं श्रेष्ठ शिक्षा व्यवस्थामाथि द्रूत गतिमा काम गरिरहेको छ। उनले सबैसित ‘बाल श्रम’-लाई ‘हुँदैन’ भनेर बाल-बालिकाहरूलाई उनीहरूको बाल्यकाललाई फर्काउने अपील समेत गरेकी छन्।
दिल्लीका स्वास्थ्य मन्त्री पंकज कुमार सिंहले एक्समा पोस्ट गर्दै भने, यस विश्व बाल श्रम निषेध दिवसमा हामीले हरेक बाल-बालिकालाई शिक्षा, सुरक्षा, सम्मान अनि संस्कारसित जोड़्ने संकल्प लिऔं। उनले भने, बाल श्रम विरुद्ध जागरूकता एवं सहयोगबाटै हामीले एक संवेदनशील, सशक्त समाजको भविष्य निर्माण गर्न सक्नेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा