डोमकलमा भीषण बम विस्फोट, प्रवासी श्रमिकको मृत्यु, चार जना हिरासतमा
डोमकलमा भीषण बम विस्फोट, प्रवासी श्रमिकको मृत्यु, चार जना हिरासतमा


मुर्शिदाबाद, 12 जून (हि. स.)। जिल्लाको डोमकल क्षेत्रमा गए बुधवार अबेर राति भएको भयानक बम विस्फोटले सम्पूर्ण क्षेत्रलाई हल्लायो। लेबुगाड़ा क्षेत्रको एक मैदानमा बम बनाउँदै गर्दा यो विस्फोट भएको हो जसमा 30 वर्षीय प्रवासी श्रमिक चांदू शेख उपनाम शफिकुलको घटनास्थलमै मृत्यु भयो। यस घटनापछि सम्पूर्ण क्षेत्रका मानिसहरू भयभित भएका छन्।

मृत युवकले आफ्नो घर नजिकै एउटा खुल्ला मैदानमा बम बनाइरहेको थियो। यसै अवधि भयानक विस्फोट भयो। विस्फोटको तीव्र आवाज सम्पूर्ण क्षेत्रमा गुञ्जियो। स्थानीय मानिसहरू विस्फोटको आवाज सुनेर घरदेखि बाहिर निक्ले। सूचना पाउनसाथ डोमकल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि त्यहाँबाट बम निर्माणसित सम्बन्धित केही उपकरणहरू जफत गऱ्यो।

पुलिसको प्रारम्भिक जाँचमा थाहा लागे अनुसार बम बनाउँदा लापरवाही गरेको कारणले विस्फोट भयो। पुलिसले यस मामिलामा चारजना संदिग्धहरूलाई हिरासतमा लिएर जाँचबुझ शुरू गरेको छ।

मृतकका पिता मिन्नत अलीले बताए, उनले स्वयं आफ्नो छोरालाई घाइते अवस्थामा टोटोमा चढ़ाएर बहारमपुर मेडिकल कलेजमा पुऱ्याउने प्रयास गरेका थिए, तर बाटोमै उसको मृत्यु भयो। उनले यो पनि बताए, उनको छोराको कसैसित कुनै प्रकारको निजी शत्रुता थिएन।

घटनापछि माकपा नेताहरूले तृणमूल कंग्रेसलाई लक्षित गर्दै भने, यो घटना सत्तारूढ़ दलभित्र भइरहेको गुटबाजी अनि चनावी हतियारहरू संग्रह गर्ने रणनीतिको एक भाग हो। अर्कोतिर तृणमूल कंग्रेसले उक्त आरोपलाई निराधार बताउँदै भन्यो, मामिलाको जाँच पुलिसले गरिरहेको छ र यसको राजनीतिसित कुनै सम्बन्ध छैन। घटनापछि लेबुगाड़ा एवं यस वरपरका क्षेत्रहरूमा भारी पुलिस बल तैनाथ गरिएको छ साथै क्षेत्रको निगरानीलाई अझ तीव्र बनाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande