कोलकाता, 12 जून (हि.स.)। साइबर धोकाधड़ीको सिकायत दर्ता गर्नको लागि राज्य सरकारले एक टोल फ्री नम्बर जारी गरेको छ। अबदेखि राज्यका मानिसहरूले टोल फ्री नम्बर-1930 मा कल गरेर साइबर धोकाधड़ीसित सम्बन्धित कुनै पनि सिकायत दर्ता गराउन सक्नेछन्। मन्त्रीले भने, पश्चिम बंगालका मानिसहरू मात्र नभएर अन्य राज्यका मानिसहरूले यस नम्बरमा फोन कल गरेर आफ्नो सिकायत दर्ता गराउन सक्नेछन्।
बिहीवार विधानसभामा प्रश्नोत्तर सत्र अवधि राज्यका आईटी मन्त्री बाबुलले बताए, अबदेखि 1930 नम्बरमा कल गरेर साइबर ठगीको सिकायत गर्न सकिनेछ। अन्य राज्यका मानिसहरूले पनि यस सुविधालाई उपभोग गर्न सक्नेछन्। अन्य राज्यका मानिसहरूले उक्त नम्बरमा कल गरेर सिकायत दर्ता गराए, यहाँबाट त्यो सिकायतलाई सम्बन्धित राज्यमा पठाइनेछ। तथापि मन्त्रीले यो पनि भने, यदि तपाईहरूलाई फेसबुक वा यूट्यूब जस्तो कुनै पनि सोशल मीडिया अकाउण्टविरूद्ध सिकायत दर्ता गराउनु छ भने तपाईहरूले सम्बन्धित एजेन्सीमा सिकायत दर्ता गराउनुपर्छ।
बाबुलले यो पनि भने,उनले स्वयं पनि धेरैपटक यस्तो समस्याको सामना गरिसकेका छन्। कथित रूपमा फेसबुकमा बाबुलको नाममा लगभग 29-30 वटा नक्कली अकाउण्ट छ। तर उनलाई भने यस सम्बन्धमा केही थाहा छैन। यूट्यूबमा उनको नाममा उनको एउटा च्यानल पनि छ जसको फलोअर्सको संख्या साढ़े तीन लाखभन्दा अधिक छ। तर उनले यो कुरा साबित गर्न सकेनन् कि त्यो अकाउण्ट उनको च्यानल हो। उनले यो कुरा विधानसभाको प्रश्नोत्तर सत्र अवधि भनेका हुन्। यस अतिरिक्त बाबुलको तर्क यो पनि छ, किनभने 'मेटा'-ले आफ्नो जानकारी पश्चिम बंगाल सरकारसित साझा गर्दैन, त्यसैले उनी यस सम्बन्धमा कारबाही गर्न असमर्थ छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा