लाखौं रुपियाँको ब्राउन शुगर सहित दुई पक्राउ
लाखौं रुपियाँको ब्राउन शुगर सहित दुई पक्राउ


सिलगढ़ी, 12 जून (हि. स.)। स्पेशल टास्क फोर्स (एसटीएफ)-ले लाखौं रूपियाँको ब्राउन शुगर सहित दुई जना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूको पहिचान कुचबिहार निवासी बापी महन्त र मदन बर्मनको रूपमा गरिएको छ। तस्करहरूबाट एउटा कार पनि जफत गरिएको छ।

सूत्र अनुसार सिलगढ़ी एसटीएफले गए बुधवार राति फुलबाड़ी जोटियाकालीमा अभियान संचालन गरी एउटा कारलाई रोक्यो। कारमा सवार दुईजना मानिसहरूसित जाँचबुझ गर्दा उनीहरू उत्तर दिनाजपुर गइरहेको थाहा लाग्यो। कारको जाँच गर्दा एउटा ब्याग भेटियो जसमा 515 ग्राम ब्राउन शुगर थियो जसलाई जफत गरियो। उक्त ब्राउन शुगरको अनुमानित बजार मूल्य 50 लाख रुपियाँ रहेको छ। दुवै तस्करलाई एसटीएफले पक्राउ गऱ्यो। पछि एसटीएफले जफ्त गरिएको ड्रग्स, वाहन अनि आरोपीहरूलाई अग्रिम कारबाहीको निम्ति एनजेपी थानालाई सुम्पिदियो। पुलिस सूत्र अनुसार तस्करहरूलाई जलपाईगुड़ी अदालतमा पेश गरी जाँचको लागि पाँच दिनको रिमाण्डको माग गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande