नदीमा डुबेर युवकको मृत्यु
नदीमा डुबेर युवकको मृत्यु


सिलगढ़ी, 12 जून (हि.स)। नदीमा डुबेर एकजना युवकको मृत्यु भएको छ। मृत युवकको नाम कौशिक घोष (25) हो। कौशिक फुलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला निवासी थिए। यस घटनाको कारणले क्षेत्रमा शोकको लहर छाएको छ। पारिवारिक सूत्र अनुसार कौशिक गए बुधवार फुलबाड़ी क्षेत्रका केही साथीहरूसित गर्मीबाट राहत पाउनको लागि दुधियामा नुहाउन गएका थिए। नुहाउने क्रममा कौसिक नदीको पानीभित्र डुबे। घटनापछि पुलिस र स्थानीय मानिसहरूले उसलाई खोजे, तर कुनै पत्तो लागेन। अन्ततः बिहीवार बिहान पुलिसले कौशिकको शवलाई नदीबाट उद्धार गऱ्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। कौशिकको मृत्युको खबरले उसका माता-पिता सहित सम्पूर्ण परिवार शोकमा डुबेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande