पुस्तक 'दलाई लामास् सीक्रेट टू ह्यापीनेश' लोकार्पित
पुस्तक 'दलाई लामास् सीक्रेट टू ह्यापीनेश' लोकार्पित


गान्तोक, 12 जून (हि.स.)। राजधानीको डेभलपमेन्ट एरियास्थित नेपाली साहित्य परिषद भवनमा आज आयोजित एक कार्यक्रमबीच डा. दिनेश शाहराद्वारा लिखित पुस्तक 'दलाई लामास् सीक्रेट टू ह्यापीनेश' लोकार्पित गरियो। कार्यक्रमको आयोजना लेखक शाहराले नेपाली साहित्य परिषद सिक्किमको सहयोगमा गरेको थियो।

कार्यक्रममा पद्मश्री पुरस्कारले सम्मानित साहित्यकार सानु लामा जुख्य अतिथि र मुख्यमन्त्रीका प्रधान सचिव एसडी ढकाल विशिष्ट अतिथि थिए। नेपाली साहित्य परिषदका प्रचार सचिव जोसेफ लेप्चाले स्वागत सम्बोधन राखेको कार्यक्रममा मुख्य अतिथि लामाले आन्तरिक शान्ति र मानव जीवनलाई असर गर्ने विषयहरूमाथि प्रकाश पारेका थिए। उनले पुस्तक लोकार्पणको निम्ति सिक्किमलाई चयन गरेकोमा लेखकलाई धन्यवाद दिए। पुस्तकले उपयोगी अन्तर्दृष्टि र ज्ञान प्रदान गर्दछ भनी उनले बताए।

विशिष्ट अतिथि ढकालले वर्तमान परिपेक्ष्यमा दलाई लामाको सन्देशको सान्दर्भिकताबारे कुरा राखे। उनले परमपावनका शिक्षाकहरूले करुणा, क्षमा र अहिंसाको अभ्यासमा जोड दिन्छ भनी बताए। उनले आफ्नो सम्बोधनमा 14औं दलाई लामाको जीवन यात्रामाथि पनि प्रकाश पारेका थिए।

कार्यक्रमलाई लेखक डा. दिनेश शाहरा, अन्तरराष्ट्रिय नेपाली साहित्य मञ्चका अध्यक्ष रुद्र पौड्याल र नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुङ्गेलले पनि सम्बोधन गरेका थिए। यस अवसरमा सांस्कृतिक प्रस्तुतिहरू पनि पेश गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande