मसला बोर्डद्वारा डोकचिनमा ठूला अलैँची किसानहरूका लागि मसला क्लिनिक तथा इनपुट वितरण कार्यक्रम आयोजित
मसला बोर्डद्वारा डोकचिनमा ठूला अलैँची किसानहरूका लागि मसला क्लिनिक तथा इनपुट वितरण कार्यक्रम आयोजित


गान्तोक, 12 जून (हि.स.)। भारतीय अलैँची अनुसन्धान संस्थान (आईसीआरआई), क्षेत्रीय स्टेशन, तादोङ अन्तर्गत मसला बोर्डको अनुसन्धान प्रभागले डिभिजनल कार्यालय, मङ्गनको सहयोगमा डोकचिन, रङ्गेली महकुमामा मसला क्लिनिक तथा इनपुट वितरण कार्यक्रम आयोजन गर्‍यो। यो कार्यक्रममा हालैको असिनाबाट भएको क्षतिबाट प्रभावित ठूलो अलैँची किसानहरूलाई लक्षित गरिएको पीआईबीले आज विज्ञप्तिमा बताएको छ। डा. एसएस बोरा, वैज्ञानिक-सी र गान्तोक प्रभागका फार्म प्रबन्धक वीरेन्द्र दङ्गालको नेतृत्वमा कार्यक्रम प्रभावित किसानहरूको खेतमा प्रत्यक्ष रूपमा सम्पन्न भयो, जसले धेरै आवश्यक व्यावहारिक हस्तक्षेप प्रदान गर्‍यो।

टोलीले असिनापछिको पुनर्लाभ रणनीतिहरूलाई सम्बोधन गर्गै खेत-आधारित समस्या समाधानमा जोड दियो। क्लिनिकको क्रममा डा. बोराले किसानहरूलाई रोगका लक्षण, कीराको प्रकोप र पोषक तत्त्वको कमीको बीच अन्तर गर्नमा मद्दत गर्नका लागि व्यावहारिक निदान प्रविधिको प्रदर्शन गरे- यस्ता मुद्दा जसलाई प्रायः खेतमा गलत तरिकाले बुझाइन्छ र जसको गलत उपचार गरिन्छ। किसानहरूलाई ठूलो अलैँचीको लागि विशेष रूपमा अनुकूलित असल कृषि अभ्यास (जीएपी) बारे पनि संवेदनशील बनाइएको थियो, जसमा प्रमाणित रोपन सामग्रीको प्रयोग, सन्तुलित पोषक तत्त्व र जैव-एजेन्टहरूको प्रयोग गरेर दिगो कीट प्रबन्धन विधिहरू सामेल छन्। यी अभ्यासहरूले पारिस्थितिक सन्तुलनमा सम्झौता नगरी उत्पादकता बढाउने लक्ष्य राखेका छन्।

कार्यक्रमको एक हिस्साको रूपमा सूक्ष्म पोषक तत्त्व र ट्राइकोडर्मा एसपीपी जस्ता बायो-क्याप्सुलहरू जस्ता इनपुट किसानहरूलाई वितरण गरिएको थियो। यी इनपुटहरू आईसीएआर-आईआईएसआरद्वारा वित्त पोषित र आईसीआरआईद्वारा क्षेत्रीय रूपमा लागू गरिएको मसला सम्बन्धी अखिल भारतीय समन्वय अनुसन्धान परियोजना (एआईसीआरपी)-को पूर्वोत्तर पहाडी (एनईएच) घटक अन्तर्गत प्रदान गरिएको थियो। विशेषज्ञहरूले दीर्घकालीन फसल स्वास्थ्यको लागि यी इनपुटहरूको वैज्ञानिक प्रयोग र फाइदाबारे किसानहरूलाई मार्गदर्शन गरे।

कार्यक्रममा उपस्थित स्थानीय पञ्चायत सदस्य प्रतिभा गुरुङले मसला बोर्डको निरन्तर सहयोगको प्रशंसा गरिन् र समुदायको तर्फबाट कृतज्ञता व्यक्त गरिन्। उनले स्थानीय कृषिको लचिलोपनलाई सुदृढ पार्न यस्ता समयसापेक्ष हस्तक्षेपहरूको महत्त्वमाथि प्रकाश पारिन्।

यस पहलको माध्यमद्वारा, मसला बोर्डले सिक्किम हिमालय क्षेत्रमा वैज्ञानिक पहुँच, किसान सशक्तिकरण र दिगो मसला खेतीप्रति आफ्नो प्रतिबद्धतालाई मजबुत बनायो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande