गान्तोक, 12 जून (हि.स)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घटनाको ह्रदयविदारक खबर सुनेर अत्यन्त व्यथित र स्तब्ध बनेको बताएका छन्।
राजभवनद्वारा आज जारी एक विज्ञप्तिमा राज्यपालले भने, 'लन्दन गइरहेको यो विमानको दुर्घटनाले सारा देश शोकग्रस्त छ। मिडिया रिपोर्ट अनुसार, विमानमा 242 यात्री थिए, र हामी सबै आगामी जानकारीको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौं।'
राज्यपालले यस कठिन समयमा सिक्किम राज्यको तर्फबाट सबै पीडितहरू र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले पीडित परिवारहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दै सबै प्रभावितहरूलाई ईश्वरले शक्ति प्रदान गरुन् भनी प्रार्थना गरेका छन्।
राज्यपालले हाम्रो प्रार्थना सबै यात्री र क्र सदस्यहरूसॅंग रहेको उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल