गान्तोक, 12 जून (हि.स)। मुख्यमन्त्री प्रेमसिंह तामाङले खेलो इण्डिया बिच गेम्स र सातौं खेलो इण्डिया युथ गेम्समा राज्यका खेलाड़ीहरूद्वारा उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरेका छन्। खेलाड़ीहरूले सिक्किमलाई गौरवान्वित तुल्याएको बताउॅंदै उनले खेलाड़ीहरूलाई भविष्यको निम्ति शुभकामना दिएका छन्।
मुख्यमन्त्री तामाङले आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा खेलाड़ीहरूसॅंग भेट गरे। उनले सामाजिक सञ्जालमा घोघला बीच, दीवमा आयोजित खेला इण्डिया बीच गेम्स र बिहारमा आयोजित सातौं खेलो इण्डिया युथ गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै राज्यको नाम रोशन गरेको उल्लेख गरेका छन्। उनले खेलाड़ीहरूको कडा परिश्रम, समर्पण र संघर्षशील भावना साँच्चै प्रेरणादायी रहेको बताउॅंदै खेलाड़ीहरूलाई आफ्नो सपना पछ्याइरहन प्रोत्साहन पनि प्रदान गरेका छन्।
मुख्यमन्त्रीले जानकारी गराए अनुसार, मार्शल आर्ट्समा यमुना छेत्रीले रजत पदक र एलोमा सुब्बाले कांस्य पदक जितेका छन्। अञ्चल राईले 2000 मिटर स्टीपलचेजमा स्वर्ण पदक जितेका छन् भने रिवास राईले बक्सिङमा 65 केजी वर्गमा कांस्य पदक हासिल गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल