एसएसबीद्वारा पेलिङमा स्वच्छ भारत अभियान सम्पन्न
एसएसबीद्वारा पेलिङमा स्वच्छ भारत अभियान सम्पन्न


गेजिङ, 12 जून (हि.स.)। सशस्त्र सीमा बलको 72औं बटालियन, योक्समले आज एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत पेलिङको प्रसिद्ध धार्मिक पर्यटन गन्तव्य साङ गाग छोइलिङ गुम्पामा स्वच्छ भारत अभियान आयोजन गऱ्यो।

यो ठाउॅं देश तथा विदेशी पर्यटकहरूको निम्ति निकै प्रसिद्ध रहेको छ। यहॉं 137 फुट अग्लो चेरेजीको मूर्ति स्थापना गरिएको छ भने देशकै पहिलो स्काईवक पनि रहेको छ। कार्यक्रममा एसएसबीका जवानहरूका साथै स्थानीय मानिसहरूले सक्रिय रूपमा भाग लिए।

उपस्थित सबैले गुम्पा परिसर लगायत पर्यटक क्षेत्रमा व्यापक सर सफाई गर्दै स्वच्छताप्रति जागरुक बन्न सन्देश दिए। यस कार्यको स्थानीय मानिसहरूका साथै पर्यटकहरूले सराहना गरेको र सीमा सुरक्षा बलप्रति आफ्नो कृतज्ञता प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande