प्रौद्योगिकी गरीबहरूलाई सशक्त बनाउने ठूलो माध्यम- प्रधानमन्त्री मोदी
टेक


नयाँ दिल्ली, 12 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रौद्योगिकीलाई गरीबहरूलाई सशक्त बनाउने ठूलो माध्यम बताएका छन्। यसको शक्तिको प्रयोगले अनगन्ती लाभ भएको छ। जन सामान्यसित जोड़िएको सेवाहरूमा अभूतपूर्व पारदर्शिता आएको छ। प्रधानमन्त्रीले आज एक्स ह्याण्डलमा यो टिप्पणी डिजिटल इण्डियाको 11 वर्षको अवसरमा माय गवर्नमेन्ट इण्डिया (MyGovIndia) को पोस्टमा गरेका छन्।

उनले लेखेका छन्, प्रौद्योगिकीको शक्तिको लाभ उठाउँदा मानिसहरूलाई अनगन्ती लाभ भएको छ। सेवा वितरण र पारदर्शितामा धेरै वृद्धि भएको छ। यस बाहेक प्रौद्योगिकी सबैभन्दा गरीब मानिसहरूको जीवनलाई सशक्त बनाउने एक साधन बनेको छ। भारतका युवाहरूको मद्दतले हामीले इनोवेशन र टेक्नोलोजीको अनुप्रयोगमा उल्लेखनीय प्रगति गरिरहेका छौं। यसले आत्मनिर्भर बन्ने र वैश्विक तकनीकी महाशक्ति बन्ने हाम्रो प्रयासहरूलाई पनि मजबुत बनाइरहेको छ।

माय गवर्नमेन्ट इण्डयाको एक्स ह्याण्डमा भनिएको छ, 11 वर्ष पहिले एक मौन डिजिटल क्रान्ति शुरू भयो- जसले भारतको जोड़िने, शासन गर्ने र विकास गर्ने तरकालाई नयाँ आकार दियो। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा डिजिटल इण्डिय पहलले प्रौद्योगिकीलाई सशक्तिकरणको एक उपकरणमा परिणत गरेको छ। अन्तराललाई भरेको छ। अवसरहरूको द्वार खोलेको छ। हरेक नागरिकको निम्ति शासनलाई अधिक सुलभ र पारदर्शी बनाएको छ।

माय गवर्नमेन्ट इण्डियाको एक्स पोस्टमा लेखिएको छ, सुदूर क्षेत्रका गाउँहरूमा इन्टरनेट पुग्नदेखि लिएर विश्वमा अग्रणी वास्तविक समयको डिजिटल भुकतानसम्म, यो परिवर्तन केवल संख्याहरूबारे होइन- यो मानिसहरू, प्रगति र सम्भावनाबारे हो। यो डिजिटल इण्डियाको 11 वर्षमा समावेशी विकास, नवाचार र डिजिटल पावरहाउसको रूपमा भारत अगाड़ी आएको कथा हो। भारतको तकनीकी यात्रा क्रान्तिकारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande