प्रधानमन्त्री अहमदाबादमा दुर्घटनास्थलमा पुगे, भऩे- घटना हृदयविदारक
मोदी


नयाँ दिल्ली, 13 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार अहमदाबादमा दुर्घटनास्थलको दौड़ाह गरे। उनले अधिकारीहरू र राहत औं बचाउ टीमहरूलाई भेटे। उनले विनाशको दृश्यलाई अत्यन्तै दुःखद बताए औं भने, जसले यस अकल्पनीय त्रासदीमा आफ्ना प्रियजनहरूलाई गुमाएका छन्, उनीहरूको साथ हाम्रो समवेदना छ।

प्रधानन्त्रीले एक्स पोस्टमा भनेका छन्, अहमदाबादमा भएको हवाई दुर्घटनाले हामी सबै स्तब्ध छौं। यति धेरै मानिसहरूको अचानक र हृदयविदारक मृत्युलाई शब्दमा उल्लेख गर्न मिल्दैन। हामी उनीहरूको दुःख बुझ्छौं र यो पनि थाहा छ कि उनीहरू गएपछि जुन खालीपना रहेको छ, त्यसलाई आउने धेरै वर्षसम्म महसूस गरिनेछ।

यस दुर्घटनामा ब्रिटेन, कनाडा र पुर्तगालका नागरिकहरूले पनि ज्यान गुमाएका छन्।

विदेश मन्त्री एस जयशंकरले यी देशहरूका विदेश मन्त्रीहरूसित सम्पर्क गरेका छन् र समवेदना प्रकट गरेका छन्। एक्समा उनले भनेका छन्, अहमदाबाद विमान दुर्घटनाको सम्बन्धमा यूकेका विदेश मन्त्री डेविड लैमी, पुर्तगालका विदेश मन्त्री पाउलो रंगेल र कनाडाका विदेश मन्त्री अनीता आनन्दको सम्पर्कमा छन्। उनले यी नेताहरूसित आफ्नो गहिरो समवेदना व्यक्त गरेका छऩ् र दुःखको यस क्षणमा पूरा समर्थन दिने भनेका छन्।

उल्लेख्य, हिजो अहमदाबाददेखि लन्दन गइऱहेको विमान उड़ान भरेको दुई मिनटपछि नै दुर्घटनाग्रस्त भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande