श्रीरामपुरको काठ गोदाममा आगलागी
श्रीरामपुरको काठ गोदाममा आगलागी


हुगली, 13 जून (हि. स.)। हुगली जिल्लाको श्रीरामपुर थानान्तर्गत बेलुर मोड़ क्षेत्रमा अवस्थित एउटा काठ गोदाममा गए बिहीवार राती आगो लाग्यो।

स्थानीय सूत्र अनुसार राती लगभग 11 बजे काठ गोदाममा लागेको आगोले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो। सूचना पाउनसाथ एकपछि अर्को गर्दै दमकलका पाँचवटा वाहनलाई घटनास्थलमा पठाइयो। घण्टौं परिश्रम गरेपछि शुक्रवार बिहान आगोलाई पूर्ण रूपले नियन्त्रण गरियो। आगो निभाउने क्रममा श्रीरामपुर थानाको पुलिस पनि घटनास्थलमै उपस्थित थियो। तथापि यो समाचार लेखुञ्जेलसम्म आगलागीको कारण स्पष्ट हुन सकेको थिएन।

प्राथमिक रूपमा दमकल कर्मीहरूले अनुमान व्यक्त गरेका छन्, शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्छ। यद्यपि यस अग्निकाण्डमा कुनै प्रकारको ज्यानहानि भएको समाचार प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande