दिघामा होटल भाड़ालाई लिएर अव्यवस्था, मनमानी ढंगमा मूल्य असुलीमाथि सरकारको कड़ा निर्देश
दिघामा होटल भाड़ालाई लिएर अव्यवस्था, मनमानी ढंगमा मूल्य असुलीमाथि सरकारको कड़ा निर्देश


कोलकाता, 13 जून (हि.स.)। जगन्नाथ मन्दिरको उद्घाटनपछि पश्चिम बंगालको लोकप्रिय समुद्र तटीय पर्यटन स्थल दिघामा पर्यटकहरूको ओइरो लागेको छ। यसबीच होटलको किरायालाई लिएर गम्भीर अनियमितताहरूको सिकायत प्राप्त भइरहेको छ।दुर्गापुरदेखि सपरिवार घुम्न आएका पर्यटक मानिक रायले होटलको अग्रिम बुकिंग गरेका थिएनन्। यहाँ आएपछि थाहा लाग्यो, कुनै पनि होटलमा कोठा उपलब्ध छैन। स्थानीय टोटो चालकको सहयोगमा उनले होटलमा कोठा त पाए, तर दुईगुणा किराया चुकाउनु पऱ्यो। साथै होटल पक्षले किरायाको वैध रसिद दिन अस्वीकार गर्दै सामान्य कागजमा लेखेर दियो।यो कुनै एक्लो घटना होइन। बितेको एक साताभित्रमा धेरैजना पर्यटकहरूले यस्तै अनुभव साझा गरिरहेका छन्। अग्रिम बुकिंग नभएको स्थितिमा होटल मालिकले मनमानी किराया असुलिरहेको छ भने अधिकांश मामिलामा बिल पनि दिएको छैन।पर्यटकहरूद्वारा सिकायत दर्ता गरिएपछि दिघा-शंकरपुर विकास प्राधिकरण सक्रिय भएको छ। पूर्व मेदिनीपुरका जिल्लाधिकारी पूर्णेन्दु माझीले स्पष्ट पारेका छन्, यदि जाँचमा आरोप सही पाइए सम्बन्धित होटलहरूमाथि कड़ा कारबाही गरिनेछ। आवश्यक परे होटलको लाइसेन्स रद्द गर्ने चेताउनी समेत उनले दिएका छन्। स्मरण गराइन्छ, जगन्नाथ मन्दिरको उद्घाटन भएदेखि यता डेढ़ महिनाभित्रमा 30 लाखभन्दा अधिक पर्यटकहरू दिघा आए। यो संख्या आम रूपमा वर्षैभरि आउने पर्यटकहरूको तुलनामा धेरै अधिक हो।जिल्लाधिकारी पूर्णेदु माझीले भने, पर्यटकहरूले प्रशासनको पोर्टलमा सिकायत दर्ता गराउन सक्नेछन्। यस सम्बन्धमा अहिलेसम्ममा ठूलो संख्यामा सिकायत प्राप्त भइसकेको छ जसको जाँच शुरू गरिएको छ र चाँड़ै जिम्मेवार मानिसहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande