धुबड़ी (असम), 13 जून (हि.स.)। धुबड़ी लोकसभा क्षेत्रका सांसद रकिबुल हुसैनले धुबड़ी आवर्त भवनमा आयोजित बैठकमा सांसद निधिबाट भइरहेका विविध विकास कार्यहरूको समीक्षा गरे। उनले अधिकारी अनि सम्बन्धित विभागहरूसित चर्चा गरेर निर्माण कार्यहरूलाई गुणस्तरीय तथा समयबद्ध रपमा पूरा गर्ने सुझाउ दिए।
समीक्षा बैठक अवधि सांसदले जिल्लाको वर्तमान स्थितिलाई लिएर चिन्ता व्यक्त गरे। उनले भने, हालका घटनाहरूसित सम्बन्धित कुनै पनि तत्वलाई छाड़िनेछैन। सांसद हुसैनले जिल्ला प्रशासनसित आग्रह गरे, स्थिति बिग्रिन नदिनका लागि कड़ा कदम उठाइयोस्। अपराधीहरू अनि यिनीहरूका समर्थकहरूप्रति नम्र भाव नअप्नाइयोस्। उनले भने, जनताले पनि प्रशासनलाई सहयोग गर्नुपर्छ।
यस अतिरिक्त सांसद रकिबुल हुसैले गोरक्षाको नाममा भइरहेका घटना अनि बाढ़ीका समस्याहरूलाई राष्ट्रिय मुद्दा बताउँदै यसको स्थायी समाधानको लागि केन्द्र सरकारसित पहल गरिदिने माग गरे।
बैठकको अन्तमा उनले जिल्लामा खेल सुविधाहरूको विकासलाई लिएर धुबड़ी खेल संघका पदाधिकारीहरूसित पनि बैठक गरी आवश्यक कदम उठाउने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा