जलपाईगुड़ी, 13 जून (हि.स.)। जलपाईगुड़ीको राजगञ्ज ग्रामीण अस्पतालमा एक नवजातको मृत्युलाई लिएर गए बिहीवार अबेर राती रड़ाँको मच्चियो। नवजातको परिवारले उपचारमा लापरवाही भएको आरोप लगाउँदै पुलिस समक्ष सिकायत दर्ता गराएको छ।
परिवारको आरोप छ, गए बिहीवार अपरान्ह नवजातलाई गम्भीर अवस्थामा यसो भनेर छुट्टी दिइयो, शिशुलाई जलपाईगुड़ी मेडिकल सुपर स्पेशियलिटी अस्पतालमा जँचाउनुपर्छ। शिशुलाई जलपाईगुड़ी मेडिकल सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याउँदा ड्यूटीमा तैनाथ डाक्टरले उसलाई मृत घोषित गरिदिए। शिशुको शव लिएर घर फर्किएपछि परिवारले राजगञ्ज ग्रामीण अस्पतालमा विरोध प्रदर्शन गऱ्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसलाई घटनास्थलमा पुग्नुपऱ्यो।
मृत नवजातको परिवारले थानामा दर्ता सिकायतमा दाबी गरेको छ, शिशुको जन्म गत 10 जूनमा भएको थियो भने उसको वजन 2.5 किलो थियो। डाक्टरहरूले आमा र शिशु दुवै स्वस्थ रहेको बताएका थिए। तर पछि शिशुले आमाको दुध खाऩ सकिरहेको थिएन साथै श्वास-प्रश्वास क्रियामा पनि समस्या भइरहेको थियो, तर डाक्टरहरले ध्यान दिएनन् परिणामस्वरूप शिशुको मृत्यु भयो।
यो समाचार लेखुञ्जेलसम्म मामिलामा अस्पतालको पक्षबाट कुनै प्रतिक्रिया दिइएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा