कोलकाता, 12 जून (हि.स.)। पश्चिम बंगाल सरकारले राज्यका जीर्ण सड़कहरूको मरमतीको लागि जनतासित सोझै सहयोग मागेको छ। सरकारले मोबाइल नम्बर 9088822111 जारी गरेको छ जसमा आम मानिसहरूले राज्यको लोक निर्माण विभाग (पीडब्ल्यूडी)-को जिम्मेवारी रहेका जर्जर सड़कहरूको तस्वीर पठाउन सक्नेछन्।
राज्य लोक निर्माण विभागद्वारा प्राप्त जानकारी अनुसार यस पहल अन्तर्गत सिकायत प्राप्त भएको 48 घण्टाभित्रमै आवश्यक कारबाही गरिनेछ। चाहे त्यो मामिला नगरनिकाय क्षेत्रको होस् वा पञ्चायत क्षेत्रको, सबै क्षेत्रमा समान तत्परताले काम गरिनेछ।
एक दिनपूर्व विधानसभामा स्पीकरको एउटा सुझाउको जवाफमा लोक निर्माण मामिलाका मन्त्री पुलक रायले बताएका थिए, विधानसभा परिसरमा पनि ड्रप बक्स राखिनेछ जहाँ विधायकहरूले आ-आफ्नो क्षेत्रको भत्किएका सड़कहरूको बारेमा सिकायत जमा गराउन सक्नेछन्। यस दिशामा पनि विभागद्वारा कदम उठाइनेछ।
राज्य लोक निर्माण विभागका एकजना अधिकारीले बताएका छन्, सम्पूर्ण राज्यबाट सड़कहरूको सिकायतको लागि सेन्ट्रलाइज्ड नम्बर जारी गरिएको छ। विधानसभामा मामिला उठेपछि विभागको कार्यशैलीमाथि प्रश्न उठिरहेको थियो जसपश्चात यो निर्णय तत्काल लिइयो ताकि कुनै पनि प्रकारको औंला उठ्नदेखि बचाउन सकियोस्।
उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यभरिकै सड़कहरूको उत्कृष्टताको लागि पथश्री योजना शुरू गरेकी छन्। तथापि पीडब्ल्यूडीको कार्यहरूलाई लिएर प्रश्न तेर्सिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा