ग्वालपाड़ा जिल्लाको रंगजुलीमा जंगली हात्तीले व्यक्तिको ज्यान लियो
ग्वालपाड़ा जिल्लाको रंगजुलीमा जंगली हात्तीले व्यक्तिको ज्यान लियो


ग्वालपाड़ा (असम), 13 जून (हि.स.)। ग्वालपाड़ा जिल्लाका विभिन्न स्थानहरूमा अहिलेघरि जंगली हात्तीहरूको आतंक व्याप्त भएको छ। जिल्लाका विभिन्न स्थानहरूमा जंगली हात्तीले हिजोआज स्थानीय मानिसहरूमाथि हमला गरिरहेको छ। यसरी नै गए बिहीवार अबेर राती पनि रंगजुलीमा जंगली हात्तीले हमला गरेर एकजना व्यक्तिको ज्यान लियो।

वन विभाग मुताविक गए राती रंगजुली थानान्तर्गत औगुरी-गारोपारामा झुण्डबाट निक्लेर आएको एउटा जंगली हात्तीको हमलामा परी विन्स्टन सांगमा (71) नामक व्यक्तिको मृत्यु भयो। घटना भएको समय सांगमा आफ्नो घरको ढोका सामु चौकीमा बसेका थिए। अचानक हात्तीले उनीमाथि हमला गऱ्यो जसकारण उनको घटनास्थलमै मृत्यु भयो।

स्थानीय मानिसहरूले यस घटनाको सूचना वन विभाग अनि पुलिस अधिकारीहरूलाई दिए। जानकारी पाए लगत्तै रंगजुली वन क्षेत्रीय कार्यालयबाट वनकर्मीहरू अनि रंगजुली थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जाा लिएर रंगजुली थानामा लग्यो। शुक्रवार पोस्टमर्टमको लागि शवलाई ग्वालपाड़ासामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। यस घटनाको कारणले क्षेत्रमा शोक छाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande