नयाँ दिल्ली/अहमदाबाद , 14 जून (हि.स.)। दिल्ली विधानसभामा नेता प्रतिपक्ष औ दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले शनिवार अहमदाबादको सिभिल अस्पतालमा भएको एयर इण्डिया विमान दुर्घटनामा घाइते भएका मानिसहरूसित भेट गरिन्।
आतिशीले एक्समा पोस्ट गरी भनिन्, सबै डाक्टर, प्रशासन, फायर सर्भिस अनि स्थानीय निवासीहरूलाई मेरो सलाम। यस्तो आपत स्थितिमा मानिसहरूको सहयोग गर्नको लागि अगाड़ि आउनु धेरै पुण्यको काम हो।
नेता प्रतिपक्षले भनिन्, अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना हृदयविदारक थियो। उनले बताइन्, यस दुर्घटनामा स्थानीय मानिसहरू तथा मेडिकल कलेजमा पढ़्ने मानिसहरूको मृत्यु भयो। साथै गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको पनि मृत्यु भयो।
आतिशीले भनिन्, विजय रूपाणी गुजरातमा भाजपाका ठूला नेता थिए। उनको असमय निधनबाट परिवार अनि गुजरातको भाजपाप्रति आआपको संवेदना छ।
उनले घाइते मानिसहरूप्रति संवेदनी व्यक्त गर्दै भने, आआपका कार्यकर्ताहरू प्रशासन अनि स्थानीय मानिसहरूलाई हरसम्भव सहयोग गर्नका लागि तयार छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा