तामुलपुर (असम), 14 जून (हि.स.)। असमका लोक स्वास्थ्य तकनिकी तथा आवास एवं नगर कार्य विभागका मन्त्री जयन्त मल्ल बरुवाले आज तामुलपुर जिल्ला आयुक्त कार्यालयको सभाकक्षमा आयोजित एक समीक्षा बैठकमा सामेल भए। यस समीक्षा बैठकमा तीन मुख्य योजनाहरू क्रमैले अरुणोदय, मुख्यमन्त्री महिला उद्यमिता अभियान एवं मुख्यमन्त्री आत्मनिर्भर असम अभियानमाथि चर्चा गरियो।
मन्त्रीले यी योजनाहरूको जिल्लामा भइरहेको क्रियान्वयनलाई लिएर गहन समीक्षा गरे अनि यसलाई प्रभावकारी ढंगमा क्रियान्वयन गर्नको लागि आवश्यक निर्देश पनि दिए। उनले भने, आगामी अगस्त महिनादेखि मुख्यमन्त्री महिला उद्यमिता अभियान योजना अन्तर्गत महिलाहरूलाई दश हजार रुपियाँ सहायता राशि दिन शुरू गरिनेछ।
अरुणोदय योजनाको कार्य पनि प्रगतिमा छ साथै बीटीआर क्षेत्रका सबै महिलाहरूले यथाशीघ्र यस योजनालो लाभ प्राप्त गर्न सक्नेछन्। साथै उनले भने, “मुख्यमन्त्री आत्मनिर्भर असम अभियान योजनाको लागि साक्षात्कार प्रक्रिया पूरा भइसकेको छ। चयन प्रक्रिया जारी छ। थोरै समयमै तामुलपुर जिल्लाका एक हजारभन्दा अधिक युवाहरूलाई दुई-दुई लाख रुपियाँ सहायता राशि प्रदान गरिनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा