हुगली, 15 जून (हि. स.)। जिल्लाको श्रीरामपुरस्थित बेल्टिंग बजार मोड़मा आइतवार बिहान भारतीय जनता पार्टी (भाजपा)-को श्रीरामपुर सांगठनिक जिल्ला कार्यकर्ताहरूले महेशतलाको घटनाको विरोधमा जीटी रोडमा पथावरोध गरे। यस अवधि भाजपा कार्यकर्ताहरूले पुलिसको विरोधमा गगनभेदी नाराबाजी गरे।
प्राप्त जानकारी अनुसार भाजपा कार्यकर्ताहरूले पुलिसविरूद्ध आपत्तिजनक टिप्पणी गर्ने आरोपी तृणमूल नेता अणुव्रत मण्डललाई पक्राउ गर्ने माग पनि गरे। भाजपाको यस विरोध प्रदर्शनको कारणले जीटी रोडका दुवै तर्फ वाहनहरूको लामो लस्कर देखियो। खबर पाएर श्रीरामपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि प्रदर्शनकारीहरूलाई सड़कबाट हटायो।
उल्लेखनीय छ, हालैमा दक्षिण 24 परगना जिल्लाको महेशतलाको रवीन्द्रनगर मन्दिर नजिकै फलको पसल राख्ने विषयमा दुई समुदायबीच हिंसा भएको थियो। यसावधि तुलसी मञ्चलाई भत्काइएको थियो। यस बबालमा पुलिस र मीडियामाथि पनि ढुङ्गामुड़ा भएको थियो। केही पुलिसकर्मीहरू घाइते भएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा