अहमदाबाद हवाई दुर्घटनाका दिवंगतहरूलाई श्रद्धाञ्जलि अर्पित
भाजपा सिक्किमद्वारा अहमदाबाद हवाई दुर्घटनाका पीडितहरूको स्मृतिमा मैनबत्ती जलाएर श्रद्धाञ्जलि अर्पित


 

गान्तोक, 15 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज सॉंझ राजधानीको एमजी मार्गमा अहमदाबाद हवाई दुर्घटनाका दिवंगतहरूको स्मृतिमा क्यान्डल बालेर श्रद्धाञ्जलि अर्पित गऱ्यो। उक्त हवाई जहाज दुर्घटनामा 200 भन्दा धेरैले आफ्नो ज्यान गुमाएका थिए।
प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, भाजपा कार्यकर्ताहरूले सिक्किमको राजधानीको मुटुमा मैनबत्ती बालेर दिवंगत आत्माहरूको लागि मौनधारण गरे। यो कार्यक्रममा गहिरो शोक र दुःखद घटनाबाट प्रभावित व्यक्तिहरूप्रति सम्मान व्यक्त गरियो। यस अवसरमा सिक्किम भ्रमणमा आएका अहमदाबादका पर्यटकहरूले पनि ऐक्यबद्धता प्रदर्शित गर्दै प्रार्थना एवं शोकमा कॉंधमा कॉंध मिलाएर उभिएका थिए।
भाजपा सिक्किमले पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगतहरूको आत्मा शान्तिको लागि प्रार्थना गरेको छ। भाजपा सिक्किमले यस शोकको समयमा राष्ट्रको साथमा उभिने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै प्रभावित परिवारहरूसँग एकजुटताको निम्ति आह्वान पनि गरेको छ।

 

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande