सहकर्मीको गोलीले बीएसएफ जवानको मृत्यु
सहकर्मीको गोलीले बीएसएफ जवानको मृत्यु


मुर्शिदाबाद, 15 जून (हि.स.)। मुर्शिदाबादको शमशेरगञ्जमा गए शनिवार राति बीएसएफका एक जना जवानले अर्को जवानको गोली ठोकी हत्या गरिदिए। मृतकको पहिचान रतन सिंहको रूपमा भएको छ। रतनको शवलाई पोस्टमर्टम गर्नको लागि जंगीपुर महकुमा अस्पतालमा पठाइएको छ।

पुलिसले आरोपी बीएसएफ जवानलाई पक्राउ गरेको छ। विशेष सूत्र मुताविक गए शनिवार राति शमशेरगञ्जमा ड्यूटीमा तैनाथ दुई जना बीएसएफ जवानहरूमाझ भनाबैरी भयो। यसै अवधि एक जना बीएसएफ जवानले आफ्ना साथी रतनमाथि गोली चलाए। यस घटनाले शमशेरगञ्जको पहाड़घाटी क्षेत्रमा कोकोहोलो मच्चायो। गोली लागेपछि घाइते रतनलाई गम्भीर अवस्थामा अनुपनगर अस्पतालमा भर्ती गरियो जहाँ उपचारको क्रममा रतनको मृत्यु भयो।

उल्लेखनीय छ, वक्फ आन्दोलनको कारणले शमशेरगञ्जमा अतिरिक्त बीएसएफ जवानहरूलाई तैनाथ गरिएको छ। दुवै जवान राति त्यहाँ ड्यूटीमा थिए। सूत्र अनुसार आपस्तमा विवाद भएपछि गोली चल्यो। तथापि यो समाचार लेखुञ्जेलसम्म बीएसएफको पक्षबाट कुनै प्रकारको प्रतिक्रिया आएको थिएन। तर जंगीपुर जिल्ला पुलिसका एकजना वरिष्ठ अधिकारीले घटनाको यथार्थलाई स्वीकार गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande