सिलगढ़ी, 15 जून (हि. स.)। सीमा क्षेत्रमा घुमिरहेका एकजना बंगलादेशी नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले समातेका छन्। पक्रा पर्ने बंगलादेशीको नाम हरिशचन्द्र राय हो। एसएसबीले अग्रिम कारबाहीको लागि उसलाई खोरीबाड़ी पुलिसलाई सुम्पिदिएको छ।
पुलिस सूत्र अनुसार एसएसबी अन्तराम क्याम्पका जवानहरूले भारत-नेपाल सीमा अन्तराम जोतमा गत शनिवार अबेर राती गस्ती गर्ने क्रमा एकजना संदिग्ध व्यक्तिलाई घुमिरहेको देखे। पछि एसएसबीका जवानहरूले उक्त व्यक्तिलाई समातेर जाँच गर्दा उसको कब्जाबाट एउटा मोबाइल फोन र बंगलादेशी पहिचान पत्र जफ्त गरे।
त्यसपछि उक्त व्यक्तिलाई अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा एसएसबीका जवानहरूले पक्राउ गरी खोरीबाड़ी पुलिसलाई सुम्पिदिए। खोरीबाड़ी पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा