कोलकाता, 15 जून (हि. स.)। भाजपा सांसद एवं पूर्व न्यायाधीश अभिजीत गांगुलीको शनिवार रातf अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अलिपुरको एक निजी अस्पतालमा भर्ती गरियो।
प्राप्त जानकारी अनुसार गए शनिवार अभिजीत गांगुलीलाई अचानक वान्ता अनि पेटमा तीव्र व्यथा भयो। हतार-हतार उनलाई अलिपुरस्थित एक निजी अस्पतालमा भर्ती गरियो। भाजपा सांसद हाल अस्पतालमै उपचाराधिन छन्। मेडिसिन विभागका डाक्टरहरूको निगरानीमा उपचार शुरू गरिएको छ। सर्जरी विभागका डाक्टरले पनि उनको निगरानी गरिरहेका छन्। डाक्टरहरू मुताविक उनको पेटमा भयानक व्यथा भइरहेको थियो। घरमै पनि उनले धेरै पटक वान्ता गरेका थिए। सबै आवश्यक जाँच शुरू गरिएको छ।
अस्पताल सूत्र अनुसार हाल उनको अवस्था स्थिर छ। अभिजीत बाबू डाक्टरहरूको निगरानीमा छन्।
वर्तमानमा अभिजीत गांगुलीको उमेर 62 वर्ष भइसकेको छ। परिणामस्वरूप उनलाई उमेरसित सम्बन्धित समस्या छ। साथै पछिल्लो केही दिनदेखिको प्रचण्ड गर्मी अनि खानपानको समस्याले गर्दा पनि यस्तो भएको हुनसक्ने मानिँदैछ। तथापि डाक्टरहरूले उनको वान्ता अनि पेट दुःखाईको स्पष्ट कारण बताएका छैनन्।
उल्लेखनीय छ, अभिजीत गांगुली कलकत्ता हाईकोर्टमा जजको पदबाट राजीनामा दिएपछि सोझ राजनीतिको मैदानमा उत्रेका छन्। उनले भाजपाको टिकटमा तमलुक निर्वाचन क्षेत्रबाट वर्ष 2024-को लोकसभा चुनाउ लड़ेका थिए। उनले तृणमूल उम्मेद्वार देवांग्शु भट्टचार्यलाई परास्त गरी जीत हासिल गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा