उत्तराखण्ड हेलिकप्टर दुर्घटनाप्रति मुख्यमन्त्री योगीद्वारा दुःख व्यक्त
उत्तराखण्ड हेलिकप्टर दुर्घटनाप्रति मुख्यमन्त्री योगीद्वारा दुःख व्यक्त


लखनऊ, 15 जून (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले केदारनाथ धामबाट यात्रीहरूलाई लिएर फर्किरहेको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सातजना यात्रीहरूको मृत्युलाई लिएर दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री योगीले मृतकहरूका शोक सन्तप्त परिवारप्रति पनि शोक संंवेदना व्यक्त गरेका छन्।

उल्लेखनीय छ, उत्तराखण्डको केदारनाथ धामबाट श्रद्धालुहरूलाई लिएर फरेकिरहेको एउटा हेलिकप्टर आइतवार बिहान लगभग 5:20 बजे गौरीकुण्ड नजिकै दुर्घटनाग्रस्त भयो जसमा पायलट सहित सबै सातजना मानिसहरूको मृत्यु भयो। मृतकहरूमा पायलट राजवीर सिंह चौहान जयपुरको शास्त्री नगर निवासी थिए। उनी भारतीय सेनाबाट लेफ्टिनेन्ट कर्नलको बटबाट सेवानिवृत्त भएका थिए। प्रतिकूल मौसमलाई हेलिकप्टर दुर्घटनाको कारण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande