कोलकाता, 15 जून (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आइतवार केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरे।
यस घटनालाई 'नागरिक विमानन त्रासदी' बताउँद मुख्यमन्त्रीले आधिकारिक एक्स ह्याण्डमा लेखिन्, सबैभन्दा दुःखदायी कुरा के छ भने आज बिहान फेरि अर्को नागरिक विमानन त्रासदीको सूचना प्राप्त भयो, यसपालि उत्तराखण्डदेखि केदारनाथ-गौरीकुण्ड-गुप्तकाशी क्षेत्रमा। हेलिकप्टरमा एकजना बालक र पाइलट सहित सातजना मानिसहरू सवार थिए। मीडियाद्वारा आशंका व्यक्त गरिएको छ, हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। जबकि हामी बचाउ अनि खोज अभियानको परिणामको प्रतीक्षामा छौं। मेरो प्रार्थना विमानमा सवार सबै मानिसहरूको लागि हो।
विशेष केदारनाथ धामदेखि गुप्तकाशी तर्फ उड़ेको आर्यन एभिएशनको एक हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भयो जसमा पायलट सहित सातजना मानिसहरूको मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा