मुख्यमन्त्रीले फादर्स डेमा पितालाई गरिन् नमन, भनिन्- उनले मलाई सेवापथमा गराए अग्रसर
मुख्यमन्त्रीले फादर्स डेमा पितालाई गरिन् नमन, भनिन्- उनले मलाई सेवापथमा गराए अग्रसर


नयाँ दिल्ली, 15 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले फादर्स डेमा आफ्ना पितालाई स्मरण गर्दै उनलाई नमन गरिन्। मुख्यमन्त्रीले आइतवार एक्स पोस्टमा भनिन्, पिताले मलाई जीवन मात्र दिएनन् जबकि आत्मनिर्भर बनाउने मार्ग पनि देखाए, हरेक निर्णयमा मलाई साथ दिए तथा आफ्नो आशीर्वादले मलााई सेवापथमा अग्रसर गराए। उनका मूल्य, संस्कार औ निःस्वार्थ प्रेम मेरो जीवनको आधार हो। आज म जस्तो छु र जे पनि गरिरहेकी छु, यी सबै उनको आशीर्वाद, समर्थन अनि जीवनदृष्टिको प्रतिफल हो।

मुख्यमन्त्रीले भनिन्, यस अवसरमा म ती सबै पिताहरूलाई पनि नमन गर्दछु जो आफ्ना परिवारको सशक्त, सुरक्षा एव स्नेहका अदृश्य सम्तम्भ हुन्छन्। उनले भनिन्, पिता एउटा सम्बन्ध मात्र होइन यो जीवनका मूल्यहरूको आधार पनि हो जसले हामीलाई जिउने शक्ति, सोच्ने दिशा अनि अगाड़ि बढ़्ने संकल्प दिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande