दिल्लीकी मुख्यमन्त्रीले पञ्जाबको आआप सरकार अनि केजरीवालमाथि गरिन् प्रहार
दिल्लीकी मुख्यमन्त्रीले पञ्जाबको आआप सरकार अनि केजरीवालमाथि गरिन् प्रहार


लुधियाना, 15 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार पञ्जाबको लुधियानामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आम आदमी पार्टी (आआप)-को सरकार अनि पार्टी संयोचक अरविन्द केजरीवालमाथि भ्रष्टाचार, नशाखोरी एवं महिला सम्मान निधि योजनालाई लिएर प्रहार गरिन्।

मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, पञ्जाबका महिलाहरूलाई महिला सम्मान निधि योजना अन्तर्गत एक हजार रुपियाँ दिने वाचा गरिएको थियो, तर आज साढ़े तीन वर्ष बितिसक्दा पनि पञ्जाबको आआप सरकारले एक रुपियाँ पनि दिएको छ? यसको जवाफ केजरीवालले दिनेछन्। उनले केजरीवालमाथि कटाक्ष गर्दै भनिन्, दिल्लीका जनता उनको नीतिहरूदेखि असन्तुष्ट हुनसाथ केजरीवाल यहाँ आएर बसेका छन्।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, मानिसहरू नशाखोरी एवं नक्कली मदिराले मरिरहेका छन्, तर आआप सरकार र केजरीवाल के गरिरहेका छन्? उनले आआपमाथि बिल्डर माफियासित मिलेर गरीब किसानहरूको जमीन हत्याएरो आरोप समेत लगाइन्। उनले भनिन्, केजरीवालले पञ्जाबको सरकारलाई खोक्रो बनाइरहेका छन्। पञ्जबाका मानिसहरूको हितमा काम गर्ने सरकार आज केजरीवालका गलत नीतिहरूको कारणले चार लाख करोड़ रुपियाँको ऋणमा डुबेको छ।

तीन वर्षमा नशा विरोधी आन्दोलनको के भयो? केजरीवालले यसको जवाफ दिनुपर्छ भन्दै मुख्यमन्त्रीले अझ भनिन्, भीआईपी कल्चरलाई निमिट्यान्न पार्ने वाचा गर्ने केजरीवाल यहाँ पञ्जाबका जनताको पैसाले भव्य वाहनहरूको लावा-लस्करमा घुमिरहेका छन्। केजरीवाल सरकारका क्याबिनेट मन्त्री आज पञ्जाबमा किन बसिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande